तस्बिरः मनोजरत्न शाहीकाठमाडौं, वैशाख ४ गते। काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। चैते दशैंको दिनदेखि १५ दिनसम्म चलेको जात्रा आइतबार सम्पन्न भएको हो। जात्रा सबैभन्दा ऐतिहासिक, पुरानो र पौराणिक भएको बताइन्छ। राजा मानदेवको पालादेखि गहना खोज्ने जात्रा मनाउने चलन रहेको छ। टुँडालदेवी (वैषनवी) को पोखरीमा गहना हराएको भन्ने अर्को चर्चित मान्यता रहेको छ। टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको छ। सर्वसाधारणकाअनुसार टुँडालदेवी गहना पोखरीमा नुहाउने क्रममा उहाँको गहना हराएको थियो। त्यो समयमा हराएको गहना हरेक वर्ष जात्रा गरेर खोज्ने गरिन्छ। यसरी गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ।
काठमाडौं, चैत्र २९ गते । कोरोनाले ठप्प बनाएको क्षेत्रहरु विस्तारै लयमा फर्किएका छन् । सिनेमा हलमा चलचित्र प्रदर्शनमा आउने क्रम जारी नै छ । कोरोना संक्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्मको रिलिज मिति घोषणा पनि भइरहेका छन् ।फिल्म वितरक करण श्रेष्ठका अनुसार कोरोनाकालमा धेरै चलचित्र बने र थन्किए । कुनै चलचित्र पूरै हलमा प्रदर्शन हुन सकेन । बिचमै रोक्नुपरेको थियो । कोरोनाका कारण रोकिएको नेपाली चलचित्र जस्तै ‘चपली हाइट‘ र ‘कठ्पुतली’ फेरि प्रदर्शनमा आए पनि सोचेजस्तो कमाई गर्न सकेनन् । दर्शकहरुले पुन प्रदर्शनमा आएका यी चलचिहरुलाई पत्याउनुभएन । त्यसपछि ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आयो । श्रेष्ठका अनुसार यस फिल्मले चलचित्र क्षेत्रमा नयाँ माहोल बनायो । यो फिल्मले दर्शहरुलाई हलसम्म तान्न सफल भयो ।कोरोनापछि फाल्गुन १३ गते ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको पहिलो नयाँ चलचित्र हो । कोरोनाका कारण घरमै थन्किएका दर्शकहरुलाई ‘म यस्तो गीत गाउँछु’ ले सिनेमा हलमा तान्न सफल भएको थियो । पुःन प्रदर्शनमा आएका चलचित्रले भन्दा ‘म यस्तो गीत गाउँछु २’ उत्कृष्ट कमाई गर्ने चलचित्र बन्यो ।यस लगतै अरु चलचित्रहरु प्रदर्शनमा आउन सुरु भयो । ‘लप्पन छप्पन’, ‘आकासे खेती’ र ‘चिसो एष्ट्रे’ प्रदर्शन भयो । तर यी चलचित्रले सोचे जस्तो कमाई गर्न नसकेको फिल्म वितरकहरुको भनाई छ ।नेपाली चलचित्र हिन्दी चलचित्रको मारमा पर्ने गरेको श्रेष्ठको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘चिसो एष्ट्र’ दर्शकले धेरै मन पराउनुभयो तर हिन्दी चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आएपछि चिसो एष्ट्रेको व्यापार घटेको हो ।’ उहाँका अनुसार चललचित्रका कथा सन्देशमूलक हुनुपर्छ । ‘कथा राम्रो हुनेबित्तिकै दर्शक सिनेमा हलसम्म पुग्छन्’, उहाँ भन्नुहुन्छ, चिसो एष्ट्रले चलचित्रमार्फत परिवर्तन ल्याउन खोजेको छ ।’यस्तै, ‘ए मेरो हजुर ४’ नयाँ वर्षलाई लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारीमा छ । यस बाहेक ‘मन्त्र’ (वैशाख १५ गते), ‘लक्का जवान’ (वैशाख २३ गते), ‘लाइफ इन एलए’ (जेठ ६ गते), प्रेमगञ्ज (भदौ ३ गते) ‘चिसो मान्छे’ (असार ३ गते) दशैंमा ‘छक्का पञ्जा ४’, तिहारमा ‘परस्त्री’ चलचित्र प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म वितरक किरण श्रेष्ठले जानकारी दिनुभयो ।नेपाली फिल्मका निर्माता, निर्देशकले वितरकसँग सेट गरेको नेपाली फिल्मको रिलिज क्यालेन्डर यस्तो छ ।ए मेरो हजुर ४झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ मा प्रदर्शनमा आउने भएको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो । चलचित्रमा अभिनेता अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ ।मन्त्रसौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्ममा सौगातसँगै दीया पुनको अभिनय हेर्न सकिनेछ ।खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायत अन्य कलाकारको अभिनय छ । कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ हुनुहुन्छ । यस्तै, चलचित्रमा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत रहेको छ ।लक्का जवानहाँस्य कलाकार शिवहरि पौडेलको निर्देशनमा तयार पारिएको चलचित्र ‘लक्का जवान’ वैशाख २३ मा सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ । दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरूको कथा देखाइएको छ । फिल्ममा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिनुहुनेछन् ।ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दिपेन्द्र खनियालगायत हनुहुन्छ । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने भएको छ ।‘लाइफ इन एलए’अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ जेठ ६ गतेबाट सिनेमा हलमा आउने भएको छ । सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथमा जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।प्रेमगञ्ज‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत ३ भदौमा प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।चिसो मान्छेनिर्देशक दीपेन्द्र के खनालको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्रमा श्रम बेच्न मलेसिया पुगेका नेपाली कामदारको मृत्यु भएपछि उनको शव नेपाल ल्याउन गरिएको संघर्ष देखाइएको छ ।छक्का पञ्जा ४नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ तिहारमा रिलिज हुने तयारीमा रहेको फिल्म वितरक किरन श्रेष्ठले जानकारी दिनुभयो । ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आउनुभएको छ । चलचित्रमा दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल र अन्य कलाकारको अभिनय देख्न सकिन्छ ।परस्त्रीनिर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको परस्त्री आउँदो वर्ष ६ कात्तिकमा रिलिज हुने तयारीमा रहेको छ । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
विस्का जात्राका कारण । चैत २८ गतेरु भएकाे नयाँ वर्षको आगमन हुनुभन्दा केही दिन अघि सुरु हुने जात्रा ८ रात ९ दिनसम्म धुमधामकासाथ मनाइन्छ । संस्कृतिविद् हरिराम जोशीकाअनुसार ‘बिस्केत’ शब्द ‘विश’ र ‘केत’ शब्दको अपभ्रंश भएर बनेको हो । ‘विश’ शब्दले स्त्री–पुरुष अर्थात् सबै मानिसलाई जनाइएता पनि यो शब्द विशेषगरी स्त्रीप्रधान शब्द मानिन्छ । अर्थात् स्त्रीराज्य अन्त्य गरेर पुरुषराज्य विस्तार हुनु हो भनिन्छ । काठमाडौंमा इन्द्रजात्रा, पाटनमा मत्स्येन्द्र जात्राजस्तै भक्तपुरमा विस्का जात्रा प्रसिद्ध जात्राको रूपमा लिइन्छ । यो जात्रा पहिले वर्षको अन्तिम मसान्तको दिन सुरू भएर नयाँ वर्षको प्रारम्भको दिन समाप्त हुन्थ्यो । पछि गएर भने यो जात्रा आठ दिनसम्म चल्ने परम्परा बसेको थियो, अहिले पनि प्रचलित छ । ‘नेपालमा प्रचलित प्रायः जात्राहरू चान्द्रमानअनुसारका छन्, जबकी विस्का जात्रा सौर्यमानअनुसार मनाइन्छ’, उहाँ भन्नुहुन्छ, ‘यसरी सौर्यमानअनुसार मनाइने यो जात्राको परम्परा नेपालमा बाह्रौंं शताब्दीको समयदेखि चलेको हो ।’ वर्षको अन्तिम दिन ठड्याइएको लिङ्गोलाई नयाँ वर्षको पहिलो दिन ढालेर मनाइने परम्परामा विगतको व्यवस्थालाई समाप्त पारेर नयाँ व्यवस्था, नयाँ जोश, नयाँ उमङ्गकासाथ थालनी गरेको खुशियालीमा यो जात्रा मनाउने परम्परा भएको जोशीले बताउनुभयो ।यसरी मृत्युलाई जित्न सफल भएका राजाले रानीको हातबाट राज्य लिन सफल भए । शासनको बागडोर स्त्रीको हातमा थियो । त्यस समय पुरुष वर्गले शासनको बागडोर स्त्रीको हातबाट खोसेर लिन अनेकौं पटक प्रयास गरे, तर प्रत्येक पटक विफल रहे । नाग स्त्री सदा विजयी भइरहिन् । बिस्केतजात्रा सम्बन्धित आख्यानमा महारानीको शरीरबाट निस्केको सर्पले दिनहूँ महारानीसित सुहागरात बिताउन आउने पुरुषलाई मार्नेगरेको तथा महारानीले सदा सुस्थिर रही शासन गर्नेगरेका घटनाहरू छन् । नाग स्त्रीको हातमा सुरक्षित सम्प्रभुता पनि पुरुषको हातमा पर्न गयो । अन्त्यमा पुरुषले महारानीको शक्ति रहेको नागलाई मारे । यसरी नेपालमा मातृसत्ताको अन्त्य भई पितृसत्ताको उदय भयो । जस अर्थमा यो जात्रा (बिस्केत जात्रा) मातृसत्ताको लाशमाथि उठेको पितृसत्ताको जात्रा मानियो । बिस्केत जात्राले स्पष्ट रूपले नेपालमा मातृसत्ताको अन्त्य भएर पितृसत्ताको उदयतिर संकेत गरेको जोशीको भनाई छ । उहाँकाअनुसार किंबदन्तीमा यस्ता धेरै रहस्यहरु छन्, जुन कथामै सीमित छन् ।कुमाऊँ, गढवालस्थित हिमाली क्षेत्रलाई स्त्री राज्यको रूपमा लिने गरेको जोशीले बताउनुभयो । यहाँ युगौंदेखि स्त्रीहरू नै शासक हुँदैआएका छन् । शासक स्त्रीका पतिलाई राजा भनिए पनि तिनलाई शासनको कुनै अधिकार नभएको जोशीले बताउनुभयो । यस्तै, वर्षको अन्तिम मासको मसान्तमा भक्तपुरको चुप्रिङ्गघाटमा लिङ्गो ठड्याई त्यसको भोलीपल्ट त्यसलाई ढालेर यो जात्रा धुमधामसँग मनाइन्छ । यो जात्रा हेर्न तीनै शहरका मानिसको ठूलो भीड ‘योसी कोथलीगु स्वेगु’ (लिङ्गो ढाल्ने हेर्ने) भनी भक्तपुर चुप्रिङ्गघाटमा भेला हुन्छन् । ललितपुरको लगनखेलमा देवता मत्स्येन्द्रनाथ नुहाउने दिन बेलुका मत्स्येन्द्रनाथलाई त्यँहाबाट पुनः तःबहालस्थित मन्दिर लैजाँदा सुताएर लैजाने गरिन्छ, जसलाई हेर्नु हुँदैन भन्ने गर्थे, अद्यापि छ । तर बिस्केत जात्रा ध्वजलाई ढालेर नै मनाइने हुँदा पितृसत्ताको उदय पूर्वको मातृसत्ताको प्रतीकका रूपमा यो ध्वज थियो । जसलाई ढालेर मानिसहरूले खुशियालीमा जात्रा मनाउन शुरु गरेका हुन् ।
काठमाडौं, वैशाख १ गते । शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म। शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकुँ म। स्वरका धनी तारा देवीको मधुर आवाजमा रहेको यो शुभकामना गीत आजको सन्दर्भ अर्थात् नयाँ वर्षसँग ठ्याक्कै मेल खाएको छ । नयाँ वर्षलाई नयाँ जोश, उमंग र नयाँ काम थालनीको लागि राम्रो दिनको रुपमा लिने गरिन्छ । वर्ष दिनको योजना पनि नयाँ वर्षकै दिनदेखि नै सुरु गर्ने मानिसहरुको सोच हुन्छ । यो दिनमा शुभकामना आदानप्रदान मात्र नभएर नयाँ काम सुरु गर्ने सोच पनि धेरैको राखेको हुन्छ । त्यसमा पनि सेलिब्रेटीको जीवनमा के हुँदैछ भन्ने सबैको चासो रहन्छ । यसै अवसरमा हामीले कलाकारहरुलाई जिज्ञासा राखेका थियौं नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ भन्ने विषयमा उहाँहरुको जवाफ । करिश्मा मानन्धर : नयाँ वर्षको लागि मैलै खासै केही प्लान बनाएको छैन । टुँडिखेलमा योगाको कार्यक्रम रहेको छ । त्यही व्यस्त हुन्छु । सकेसम्म एक्सरसाइजहरु गर्ने, स्वस्थ्य र खुशी रहने प्रयास गर्ने योजना छ । मेरो नयाँ वर्षको तीन वटा रिजोलुसन छ । पहिलो समाज रुपान्तरणको लागि केही गर्ने सोच छ । कोभिडले सबैलाई अत्याएको थियो । यो नयाँ वर्षको मेरो रिजोलुसन भनेको स्वस्थ रहौं, चिन्ता मुक्त बनौं र आत्मबल बढाएर सकारात्मक सोच राखौं । अर्को रिजोलुसन भनेको राजनीतिमा पनि सक्रिय भएको नाताले सबै जनताको विश्वास जित्न सफल हुने प्रयास गर्नेछु । जनताको मनमा राम्रो प्रभाव पार्न सकुँ । समाजको लागि केही गरौं, महिलाको अगुवाई गरौं भन्ने सोचले राजनीतिमा लागेको हुँ । अर्को म आफ्नो पढाईलाई निरन्तरता दिन्छु । सकेसम्म क्लास छोड्न नपरोस । दीपाश्री निरौला : म बिहानै ‘प्रबल जनसेवा श्री’ पुरस्कार थाप्न राष्ट्रपति भवन जाँदैछु । यो पुरस्कार मेरो नयाँ वर्षको उपहार भयो । यसपछि घरमा पूजा राखेको छु । यसमै व्यस्त हुन्छु । अनि दिपक जीको जन्मदिनको शुभकामना दिँदै नयाँ वर्षलाई स्वागत गर्दै साथीभाईसँग रमाइलो गर्ने सोच छ । हरिहर शर्मा: म धर्मकर्ममा विश्वास गर्ने मान्छे । त्यसैले नयाँ वर्षको उपलक्ष्यमा मैलै घरमा पूजा आयोजना गरेको छु । धर्म र होम मै दिन बित्छ । नयाँ वर्ष शुरु भएको दिनमा राम्रो काम गरे वर्षभरि राम्रो हुने र मिठो खाए वर्षैभरि मिठो खान पाइन्छ भन्ने मान्यता छ । त्यही भएर भोलि घरमा मिठो परिकार खाएर नयाँ वर्षलाई स्वागत गर्नेछु । मन प्रसन्न राख्नुपर्छ । जे भयो सबै बिर्सेर अगाडि बढ्नुपर्छ । नयाँ वर्षको सुरुको दिनमा खुशी भइयो भने वर्षभरि नै खुशी रहन्छौं भन्ने मान्यतालाई प्राथमिकता दिन्छु । प्रियांका कार्की: म नयाँ वर्षको दिन कहिले पनि बाहिर जाँदिन । धेरै भिडभाड हुन्छ । म नयाँ वर्ष कुरेर रिजोलुसन बनाउने मान्छे होइन । आफूलाई गर्न मन लागेको र गर्नुपरेको काम तुरुन्तै गर्छु । मैले आजसम्म नयाँ वर्षको रिजोलुसन बनाएको छैन । यो वर्षको पहिलो दिन मेरो घरमै परिवारसँग रमाईलो गर्ने सोच छ । दयाहाङ राई: मेरो खासै नयाँ वर्षको प्लान केही पनि छैन । धेरै ठूलो प्लानकहिले पनि बनाउँदिन । मेरो जीवनमा जे जस्तो आउँछ त्यस्तै टर्छ । नयाँ वर्षको पहिलो दिन दिनहुँ जस्तो घर र अफिस गरेर नै बिताउने सोच छ । गौरी मल्ल: म सुटिङ मै व्यस्त छु । वर्षको अन्त्य पनि काम नै हुन्छ र वर्षको शुरुवात पनि काम बाट नै हुन्छ । मेरो अरुको जस्तो नयाँ वर्षको रिजोलुसन बनाउन पर्छ जस्तो लाग्दैन । पहिलेदेखि नै अनुशाशित जीवन जिउँदै आएको छु । ममा त्यस्तो नराम्रो बानी त्याग्नुपर्ने केही पनि छैन त्यसैले नयाँ वर्षको पार्टी र रिजोलुसन भन्ने केही हुँदैन । नयाँ वर्षको पहिलो दिन ‘प्रबल जनसेवा श्री’ पुरस्कार बाट सम्मानित हुँदैछु । यसका लागि भोलि बिहानै राष्ट्रपति कार्यलय जान्छु । यसमै मन खुशी छ । सुरक्षा पन्त: भोलिदेखि मेरो औपचारिक रुपमा नयाँ फिल्मको सुटिङ शुरु हुँदैछ । त्यसैले म सुटिङमै व्यस्त हुन्छु । सुट छिटो सकियो भने घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्ने प्लान छ । मेरो नयाँ वर्षको रिजोलुसन भनेको ‘वर्क हार्ड’, अनि व्यस्त रहने । मुकुन भुषाल: नयाँ वर्षको लागि ‘इभ’ मा साथीहरुसँग बाहिर घुम्न जाने अनि उतै रमाइलो गरेर नयाँ वर्षको दिन फर्किने प्लान छ । मेरो नयाँ वर्षको रिजोलुसन खासै केही छैन । सँधै यो गर्छु, त्यो गर्छु, नराम्रो बानी छोड्छु भनेर हुने पनि हैन । जे गर्छ समयले गर्छ, हाम्रो बसमा केही छैन भन्ने हो छोड्ने हो ।