शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख ९ गते । चलचित्र विकास बोर्डले वैशाख महिनाभित्र बक्स अफिस प्रणालीमा नजोडिने हलहरुलाई बन्द गर्ने निर्णय गरेको छ । बोर्डका सदस्य तथा हल अनुगमन समितिका संयोजक अर्जुन कुमारले जेठ महिनादेखि कानुन अनुसार नचल्ने हलहरुलाई बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँका अनुसार सिनेमा हलहरुलाई नियम कानुनमा बाँध्न विकास बोर्डले यो निर्णय गरेको हो । बक्स अफिस जडान गर्न धेरै हलहरुले अटेर गरेको उहाँको भनाई छ ।
नेपालमा बक्स अफिस प्रणाली २०७५ देखि लागू भएको हो । तर, अधिकांश सिनेमा हलहरु उक्त  प्रणालीसँग जाेडिएका छैनन् । 
नेपाली सिनेमा हलहरुमा जतिपनि सिनेमा व्यापार हुन्छ, त्यसको तथ्याङ्क चलचित्र विकास बोर्डमा आउने  बक्स अफिस प्रणाली हो ।