भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानीय तह निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदैछ । नेकपा (एमाले), नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच नगरप्रमुख र उप्रमुख पदमा प्रतिस्पर्धा हुन लागेको हो । नगरप्रमुखका लागि एमालेबाट बिना बास्तोला, नेपाली काँग्रेसबाट जीवन खत्री र राप्रपाबाट रवीन्द्रप्रताप शाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुखको पदमा उम्मेदवारी दिनेहरूमा नेपाल मजदुर किसान पार्टीका केशवप्रसाद तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का नरेश खड्का, नेपाल सुशासन पार्टीका विष्णुराज गिरी तथा स्वतन्त्र गरी २० जना हुनुहुन्छ । चाँगुनारायणमा ३४ हजार ५८८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।