आइएसए नेपालको आयोजनामा प्रथम यु –१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत वैदेशिक रोजगारका कामदारहरूलाई सामाजिक बहिष्करण प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
थुम्केरानीका तारा चौहानले पर्यटन महोत्सव सुरु भएदेखि नै पर्यटकलाई स्थानीय खानाका स्वाद चखाउनमा व्यस्त हुनुहुन्छ ।
सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिनु हुने भएको छ । उहाँले विश्वासको मत लिनका लागि भोलि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको कविलासीमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान गर्नुभएकाे छ ।
झापाका केही कुखुरापालक तथा अण्डा उत्पादक किसानले स्वतःस्फूर्त रूपमा बिर्तामोडको मुक्तिचोकमा जिउँदो कुखुरा र अण्डा फ्याकेर विरोध प्रदर्शन गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न सरकारले बाटो खोलिदिएको छ । कलेजले आफ्नो छुट्टै अस्पताल सञ्चालन नगरेसम्म विराटनगरको कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने सुविधा दिने मन्त्रिपरिषद्को निर्णयसँगै मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुलेको हो ।
मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर अन्सारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरू दुवै जना नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) ले ५० हजार पुरस्कार राशिको खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्न पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो ।
शरीरमा आयोडिनको मात्रा धेरै भएमा घाँटी, पेट पोल्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, नाडीहरु कमजोर हुने, ओयोडिनको मात्रामा धेरै भएमा 'कोमा'मा समेत जान सक्ने डा. काेइराला बताउनुहुन्छ ।