सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काममा तीब्रगतिमा लाग्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको विजयनगर गाउँपलिका अनुगमन तथा भेटघाट गर्ने क्रममा उहाँले सुशासन कायम गर्न भ्रष्टाचार मुक्त बनाउने धारणा राख्नुभयो । कर्मचारीले भ्रष्टाचार गरेको सुन्न् आएमा २४ घन्टा भित्र मन्त्रालयमा तानी फेरबदल गर्ने चेतावनी दिनुभएको छ ।
भाषा सामाजिक वस्तु हो । समाजका हरेक विषयमा भाषाको कारोबार हुन्छ । त्यसैले राजनीति पनि भाषाबाट अलग हुँदैन । राजनीति समाज सुधारको मियो हो । नेपाली समाजको त्यो मियो हल्लिएको गुनासो यदाकदा सुन्ने गरिन्छ । सुनाउने माध्यम चाहिँ भाषा नै हो । खासमा भाषाले दिने अर्थ हो त्यसले गुनासो गरेको वा प्रशंसा गरेको हो अथवा गाली वा आक्रोश व्यक्त गरेको हो, जे भए पनि त्यो सन्दर्भगत हुन्छ ।
‘ सर, हिउँ पर्ने समयमा सुत्न सकिन्न, पानीले कपडा भिजेका हुन्छन् । तीन वर्षदेखि राम्ररी सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, टहरामा नअट्ने भइसक्यो ।’
डेढ वर्षअघि ठेक्का पाएको मित्तल निर्माण सेवा, हेटौँडाले पुल निर्माण कार्य सुरु नगरेपछि बर्दघाटका स्थानीयलाई खजुरा खोलामा आवतजावतमा समस्या भएको छ ।
राष्ट्रिय भूमि आयोगले नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिकाबाट पनि नयाँ जग्गाको नापजाँच सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गर्नुभएको छ ।
दोलखाको कालिन्चोक गाउँपालिकामा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागीमा परी नौ घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
फिलिपिन्सले आफ्ना चार वटा अतिरिक्त सैन्य आधार इलाकामा अमेरिकालाई सुरक्षित पहुँच प्रदान गरेको छ । फिलिपिन्सले आफूलाई सुरक्षित पहुँच प्रदान सहमति जनाएसँगै अमेरिकालाई दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँहरूलाई निगरानी गर्न सहज भएको छ ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीको २३ औँ महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुँदैछ ।
बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल आयल निगम लिमिटेडको अमलेखगन्जस्थित मधेश प्रादेशिक कार्यालयबाट २० हजार लिटर डिजेल लोड भई विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि छुटेकाे एउटा ट्याङकर सप्तरी प्रहरीको नियन्त्रणमा आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ ।
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति जिल्लाको मुसीकोट नगरपालिका –१४ छिवाङ ज्युलास्थित डुडे बगरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो भने एक जना घाइते छन् ।
नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएकाे छ ।