यही महिनाको ११ गते अर्थात् जनवरी २५ का दिन बुधबार शान्ति स्थापना कायम गर्न पहिलो राष्ट्रिय सम्मेलन हुनेभएको छ । सम्मेलन फिलिपिन्सको इन्टरनेशनल कन्भेन्सन सेन्टर (पीआइसीसी) मा तय भएको आयोजक संस्था हेभेन्ली कल्चर वर्ल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले जनाएको छ ।
फ्रेन्च लिग वान फुटबलको शीर्षटोली पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग उसैको मैद्यानमा १–० गोलले पराजित भयो ।
खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले नेपालका तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसका उपसभापति एवम् सांसद पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयनतर्फ आफू लागिरहेको बताउनुभएको छ ।
शीर्ष टोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टहामहाममाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा आर्सनलले टोट्टहामलाई उसैको मैदानमा २–० गोलले हरायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले गोल गर्नुभयो ।
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौंबाट आएका फरेन्सिक विज्ञ टोलीले पोस्टमार्टमको काम सुरु गरेको छ ।
प्रदेश–१ ले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ ले लुम्बिनी प्रदेशलाई नौ रनले हरायो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेका किसानलाई किवीको बिरुवा वितरण गरिएको छ । व्यावसायिक किवी खेती विस्तारका लागि तिरिङ्गेका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको हो ।
गुल्मीमा गत वर्ष भन्दा यस वर्ष झण्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । यो वर्ष ६ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । यहाँ कुल सुन्तला बगैँचा क्षेत्रफलको करिब ५९ प्रतिशत बोटमा फलेका छ ।
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाले साबिक विजेता रियल म्याड्रिडलाई ३–१ गोलले हरायो ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले आज (सोमबार) आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिमा तीव्र गतिमा दादुरा फैलिरहेको छ । स्वास्थ्य कार्यालय बाँके आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै १९२ पुगेको हो । सोही समयमा १ जनाको मृत्यु भएको छ ।
चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।
पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।
आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।