नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिएर नेतृत्व हस्तान्तरणमा विद्यार्थीले ध्यान दिनुपर्ने बताउनुभएको छ । सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यस्तो बताउनुभएको हो ।
विदेशी नागरिक, चालक दलका सदस्यको शव ल्याउन नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको छ । यति एयरलाइन्सले सूचना निकाल्दै विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर पोखरा पुगेको जानकारी दिएको छ ।
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसहित सहभागी हुनुभएको छ ।
कीर्तिपुरका पूर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । उक्त जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र बिष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६, २१–११ ले पराजित गर्दै सेमिफाईनल स्थान सुरक्षित गर्न सफल भयो ।
कपिलवस्तुको बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका –८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।
जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पातारासी गाउँपालिका–६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको जीप दुर्घटना भएको हो ।
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
२०५५ सालबाट धनकुटामा सञ्चालन हुदै आएको सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता पूर्वी पहाडको पहिलो राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो ।
युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृतकका परिवार आफन्तजन तथा शुभचिन्तकहरुले धैर्य धारण गरी सहयोग गरिदिन आग्रह गरेको छ ।
रिसको आवेगमा धारिलो हतियार खुँडा लिएर हिड्ने युवकलाई रोक्ने क्रममा तनहुँको भानु नगरपालिका –६ टुहुरे पसल बस्ने वर्ष ४९ का सन्तबहादुर गुरुङको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता एवम् सांसद डा. प्रकाशशरण महतले छानबिन समितिको निष्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।
यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकी लोकगायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ ।
यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ भएको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकका आफन्त आक्रोशित भएका छन् ।