लगातार दुई पटकको निर्वाचनले सभामुख छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेश सभाको सभामुख छान्न सोमबार बिहान ९ बजे निर्वाचन तोकिएको छ ।
रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा जम्मा २७.१७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।
चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म धितोपत्र बजार पुँजीकरण २७ खर्ब २१ अर्ब ११ करोड रुपियाँ कायम भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्निर्माणका क्षेत्रमा बाँकी रहेका कामलाई पूर्णता दिने र भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिङ्गो देशलाई लयबद्ध बनाउने प्राथमिकता व्यक्त गर्नुभएको छ ।
कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा आज (सोमबार) राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । ठुलो मानवीय क्षति बेहोर्नु परेकाले शोक मनाउन सार्वजनिक बिदा समेत दिने गृह मन्त्रालयले आइतबार नै जानकारी गराएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको छ । नयाँ जनादेशअनुसार सरकार गठन भएको छैटौँ दिन भइसक्दा पनि मन्त्रिमण्डलले तत्काल पूर्णता पाउने सङ्केत देखिएको छैन ।
किराँत लिम्बू समुदायले नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघेसङ्क्रान्तिका दिन किराँत नयाँ वर्ष मनाउने प्रचलन छ ।
नेपालमा आन्तरिक उडानतर्फ हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९एन–एएनसी विमान आइतबार बिहान १०ः५० बजे पोखराको सेतीखोचमा दुर्घटना भएको हो ।
सरकारको कुल आम्दानीले खर्च थेग्न नसक्ने अवस्था बनेको छ । चालू आर्थिक वर्ष २०७९-८० को पुस मसान्त सकिँदासम्म स
यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ ।
आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ जनामध्ये ६३ जनाको शव अस्पतालमा पुराइएको छ ।
पोखरामा भएको विमान दुर्घटनामा परी हालसम्म चार दम्पतीको निधन भएको पुष्टि भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित कनकाई नगरपालिका –१ गरमकाली पेट्रोलपम्प अगाडि आइतबार बेलुकी ६ बजेको समयमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ ।