थारु समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि कपिलवस्तु नगरपालिका ६ सगरहवा लगायत जिल्लाको बुद्धभुमि, शिवराज र बाणगंगामा महोत्सव आयोजना गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान धरान उपमहानगरपालिका विजयपुरस्थित शक्तिपीठ मन्दिरहरूको दर्शन गर्नुभएको छ ।
ताप्लेजुङमा योग गर्ने भवन बनाउन पहल गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले योग गर्नका लागि ‘योग भवन’ बनाउन पहल गर्ने बताउनुभएको हो ।
नयाँ वर्षको रूपमा उल्लासमय रूपले मनाउने माघी महोत्सवमा यसपालि पहिलेजस्तो रौनक हुन पाएन । टुँडिखेलमा माघी महोत्सव मनाउन जम्मा भएका थारु युवा युवतीहरू जब यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएर विमानमा सवार भएकाहरू सबैको देहान्त भएको खबर पाएपछि उनीहरूको उत्साह एकाएक शोकमा बदलियो ।
आर्मीलाई हराउँदै हेल्प नेपाललाई उपाधि हेल्प नेपालले सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्समा सवार यात्रुमध्ये साँझसम्म २३ जनाको शव पहिचान भएको छ ।
नेपालले घरेलु मैदान कीर्तिपुरमा खेल्ने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
सरकारले उपत्यकाका हब अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
“घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँसघारीमा ठूलो आवाज दिँदै बजारियो ।
सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ ।
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ७२ यात्रुको जीवित रहने सम्भावना न्यून भएको छ ।
पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् ।
पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।
पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ ।