पोखराबाट जोमसोमतर्फ चालक दलका सदस्यसहित २२ जना बोकेर उडिरहेको तारा एयरको विमान वि.सं. २०७९ जेठ १५ गते दुर्घटनाग्रस्त भएको आठ महिना नपुग्दै मुलुक सबैभन्दा ठूलो हवाई विमान दुर्घटनाको शोकमा डुबेको छ। माघ १ गते आइतबार ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार काठमाडौंबाट पोखरातर्फ उडिरहेको यती एयरलाइन्सको एटीआर विमान पोखरा विमानस्थलमा अवतरणको केही क्षणअघि मात्र दुर्घटनाग्रस्त भयो। यो भयानक दुःखद दुर्घटनाबाट चालक दलका चार सदस्यसहित सबै यात्रुको मृत्यु भएको समाचार आए पनि दुई जना अझै बेपत्ता छन्। दुईवटा इन्जिन हुने टर्बोप्रोप विमान तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। यस्तो विमान नेपालमा पहिलो पटक दुर्घटनाग्रस्त भएको छ। नेपालको उड्डयन क्षेत्रको ५८औं यो दुर्घटनाग्रस्त विमानमा स्वदेशीलगायत विभिन्न मुलुकका नागरिकले यात्रा गरिरहेका थिए। नेपालको पर्यटकीय क्षेत्रमा समेत यो दुर्घटनाले नराम्रो क्षति पुर्याएको छ। मूल कुरा त यती एयरलाइन्सको सो विमान नेपाली नागरिक उड्डयन इतिहासमा सबैभन्दा ठूलो आन्तरिक विमान दुर्घटना हो। सफा मौसम तथा अवतरणको अन्तिम क्षणमा भएको यो विस्मयकारी हवाई दुर्घटनाबाट मुलुक त शोकमा डुबेको छ नै, मुलुकको सफा आकाशमा अनेकौँ प्रश्न सिर्जना भएका छन्। यस्ता प्रश्न उठ्नु स्वाभाविक नै हो। आठ महिनाभन्दा कम समयमा मुलुकले दोस्रो हवाई दुर्घटना भोग्नु वास्तवमै दुःखद तथा विस्मयको विषय बन्यो। यो क्रमसँगै नेपाली हवाई क्षेत्रमा सुरक्षा मुख्य चुनौती भएर उभिएको छ। जहाज कम्पनीको विश्वसनीयता अर्को जिज्ञासा हो। त्यसैगरी विमानको आयु, नियामक निकायको नीति नियम कार्यान्वयनजस्ता विषयमा गम्भीर समीक्षा गर्ने बेला आएको छ र यी सबै कार्य आउँदा दिनमा हवाई सुरक्षाको पूर्ण प्रत्याभूतिका निम्ति हुनेछ।नेपाली विमान कम्पनीको जसरी भए पनि नाफा कमाउने प्रवृत्ति छ भन्ने गरिन्छ। मुनाफाको धुनमा विमानको नियमित प्राविधिक जाँचप्रति लापर्बाही हुने त गरेको छैन ? त्यस्तै दक्ष प्राविधिकको अभाव, रामभरोसे उडान, मौसमसम्बन्धी पूर्ण जानकारीबिना उडान भर्ने आदि कारणले पनि नेपालमा बारम्बार विमान दुर्घटनाप्रति अब जिम्मेवार निकायले समीक्षा गर्नैपर्छ। नेपाली हवाई सुरक्षाका कतिपय कमीकमजोरी जानकारीमा भएकै विषयसमेत हुन्। अब सरकारी तथा नियामक निकायको कार्यभार गम्भीर रूपमा बढेको छ। विमान दुर्घटनाले मुलुकको हवाई सुरक्षा व्यवस्थामाथि अनेकौँ प्रश्न मात्र उठाइरहेको हुँदैन, मुलुकको अन्तर्राष्ट्रिय छविसित पनि सम्बन्धित हुन्छ। अझ प्रत्यक्ष सम्बन्ध मुलुकको आन्तरिक तथा बाह्य पर्यटन व्यवसायसँग सरोकार हुन्छ। पोखराजस्तो पर्यटकीय गन्तव्यमा भएको यो दुर्घटनाले समग्रमा नेपालको पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्न सक्ने आशङ्कालाई नकार्न सकिँदैन। त्यसको प्रभाव न्यूनीकरणका लागि अब धेरै काम गर्नुपर्नेछ।यती एयरलाइन्सको विमान दुर्घटनासँगै सरकारले जाँचबुझ समितिसमेत गठन गरिसकेको छ। नेपालमा हरेक विमान दुर्घटना हुँदा विज्ञसहितका टोलीको सहभागितामा जाँचबुझ समिति गठन गरिन्छन् तर यस्ता समितिले बुझाउने प्रतिवेदन तथा अन्य विषयका सम्बन्धमा खासै ध्यान नदिइने प्रवृत्ति पनि त्यत्तिकै पाइन्छ। यो सनातनजस्तै प्रवृत्तिले गर्दा समितिका प्रतिवेदन तथा सुझाव बिनाअर्थका देखिँदै आएको टिप्पणीसमेत हुने गरेको छ। विगतका यस्ता लापर्बाहीलाई पन्छाउँदै विमान दुर्घटना जाँचबुझ समितिको प्रतिवेदन तथा सुझावलाई सार्वजनिक गरी आवश्यक कार्यान्वयन जरुरी छ। त्यस दिशामा सरकारको अग्रसरता निकै महत्वपूर्ण हुनेमा शङ्का छैन। यस्ता प्रतिवेदन तथा सुझावबाट भविष्यमा नेपाली हवाई क्षेत्रलाई बढी विश्वसनीय तथा सुरक्षित बनाउन निकै मद्दत पुग्ने तथ्यमा आशावादी हुन सकिन्छ। पटक पटकको हवाई दुर्घटनाले विश्वपरिवेशमा नेपाली आकाश कति सुरक्षित भन्ने प्रश्न स्वाभाविक रूपमा सिर्जना भएको छ। यस्ता प्रश्नको निराकरण तथा समाधानका लागिसमेत जाँचबुझ समितिको वस्तुनिष्ठ प्रतिवेदन तथा सुझावको महत्वपूर्ण भूमिका हुनेछ। त्यसको कार्यान्वयनले नेपाली आकाशलाई सुरक्षाको मार्गमा लैजान सघाउनेछ। आगामी दिनमा नेपाली हवाई सेवालाई गुणस्तरीय तथा नेपाली आकाशलाई सुरक्षित बनाउन सरकार, नियामक निकाय तथा हवाई कम्पनीको विशेष प्रयास हुनु जरुरी छ। यस्तो प्रयास अनुभूतिजन्य हुनुपर्छ। यसमा कुनै किसिमको लेनदेन वा सम्झौता हुन सक्दैन। नेपालले बारम्बार हवाई दुर्घटनाको सामना गर्न सक्दैन। नेपाली हवाई सेवा गुणात्मक तथा सुरक्षित बनाउन सके मात्र हवाई दुर्घटनामा ज्यान गुमाएकाका निम्ति सच्चा श्रद्धाञ्जलि हुनेछ।
असान्दर्भिक ऐनका आधारमा प्रत्यायोजित विधायनको अभ्यास गरी पुनः अधिकार प्रत्यायोजन गरिएको संसदीय समितिको अध्ययनबाट देखिएको छ । प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐनमा टेकेर बनाइएका नियमावलीबाट थप अधिकार प्रत्यायोजन गरेको पाइएको हो ।
बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् नवलपरासीको भूमही (बडेरा)को सबस्टेसनसम्म पु-याउनका लागि बन्दै गरेको कालीगण्डकी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
बेनीका १३ वर्षीय अप्रिम श्रेष्ठले हनुमानको भेषमा सजिएर ‘हनुमान नाच’ नाच्नुभयो । अप्रिमका लागि हनुमान नाच पहिलो अनुभव थियो ।
आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैङ्कहरूको कुल सम्पत्ति तथा दायित्व विस्तारको गति कम भएको पाइएको छ ।
सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।
नाटक ‘देउराली डाँडी’को मञ्चन सुरु भएको छ । नाटकले गाउँको कथालाई उजागर गरेको छ । गाउँमा धेरै वर्षअघि फैलिएको महामारीले सबै पुरुष परदेश पलायन भएका हुन्छन् । गाउँ सबैतिर उजाड हुन्छ । गाउँ उजाड देखिए पनि त्यहाँका महिला भने सङ्घर्ष गरेर बाँचिरहेका हुन्छन् ।
मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर राष्ट्रिय शोक बिदा परेकाले सुरु हुन नसकेको आयोगले जनाएको छ ।
सुनकोसी नदीमा जलयात्रा व्यवसायको बलियो सम्भावना देखिएको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुलीको सुनकोसी गाउँपालिकास्थित मूलकोटमा रहेका होटलले सञ्चालन गरेको सुनकोसी नदी जलयात्रा (-याफ्टिङ) गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक सामाजिक संस्थाले ४२ लाख रुपियाँ मूल्यको
हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन हुँदै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकाको चार सयभन्दा बढी बालबालिका विद्यालयबाहिरै रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको सभामुखका लागि तेस्रो पटक मङ्गलबार निर्वाचन हुँदै छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षी
कर्णाली नदी किनारस्थित खार्पुनाथ शिवालय क्षेत्रका दुुईवटा तातोपानी मुहान सुकेका छन् । तातोपानीको संरक्षण गर्ने नाममा
तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।
यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरिएको छ ।