हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन हुँदै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकाको चार सयभन्दा बढी बालबालिका विद्यालयबाहिरै रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको सभामुखका लागि तेस्रो पटक मङ्गलबार निर्वाचन हुँदै छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सत्तापक्षी
कर्णाली नदी किनारस्थित खार्पुनाथ शिवालय क्षेत्रका दुुईवटा तातोपानी मुहान सुकेका छन् । तातोपानीको संरक्षण गर्ने नाममा
तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।
यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको प्राविधिक परीक्षण गरिएको छ ।
नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापित भएकालाई खानेपानीको समस्या भएको छ । २०७२ सालको भूकम्पले जमिन चिराचिरा परेपछि खानेपानीको मुहान सुकेको छ ।
गुल्मीमा गत वर्षभन्दा यस वर्ष झन्डै १७ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदा यो वर्ष छ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको दमक–६ स्थित मुख्य बजारमा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले घटनाको विषयमा सूक्ष्म छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ ।
सप्तरीको महादेवा गाउँपालिकामा व्यक्तिगत घटना दर्ता गराउन सेवाग्राहीले सास्ती खेप्नु परेको छ । पालिका कर्मचारीको अदक्ष
तोखा नगरपालिका १ र ६ मा पर्ने श्रीकृष्ण बरुणेश्वर महादेवको ऐतिहासिक मन्दिरमा भक्तजनको घुँइचो लाग्नेगरेको छ । मन्दिरमा खासगरी आन्तरिक पर्यटक तथा भक्तजनको बढी भीड लाग्नेगरेको मन्दिरका पूजारी राजु काफ्लेले बताउनुभयो ।
गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) बाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएको हो । थापालाई सत्ता साझेदारका सांसदहरुको समर्थन थियो ।
कालीकोटको पचाल झरना गाउँपालिका वडा ८ मा कुलो निमार्ण भएपछि बयाल झरनाको पानी किसानले सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातारण बिकास केन्द्र (हुरुन्डेक) नेपालको सहजिकरणमा एक हजार दुई सय (१२००) मिटर कुलो निर्माण भएपछि बयाल झरनाबाट बग्ने पानी प्रयोगमा आएको हो ।
लुम्बिनी प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सभामुखमा भने नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती यसअघि नै निर्विरोध भइसक्नु भएको छ ।
भारतको महाराष्ट्रको आलिबागमा बस्ने कैलालीको लम्कीचुहा नगरपालिका ‐६ बावनपुर घर भएका १८ वर्षीय कमल विकको बावनपुरमै बस्ने उहाँका साथीहरु मिलेर हत्या गरेको खुलेको छ ।