दुबई उठानद्वारा काठमाडौंबाट दुबई हुँदै क्रोएसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ ।
यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ ।
मधेश प्रदेश सभाको उप सभामुखमा जनमत पार्टीका प्रदेश सभा सदस्य बबिता कुमारी राउत ईशर बहुमतले निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा सत्ता पक्षबाट नेकपा (एमाले) का कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक विषयहरूमा सहकार्य गरेर अघि बढ्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ । मंगलबार अपराह्न बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो ।
तनहुँ जिल्ला अदालतले कलकार पल शाह विरुद्धको बलत्कारको मुद्दा माथि सफाइ पाउनुभएको छ । पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाईका क्रममा सफाइ पाउनुभएको हो ।
मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बहुमतले निर्वाचित हुनुभएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा सहभागी १०३ जना सदस्य मध्ये सभामुखका लागि भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो ।
सेवाग्राहीको लाखौं रुपियाँ ठगी गरेको आरोपमा धनुषाको जनकपुरमा रहेको शुनवर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक तथा अध्यक्ष ध्रवनारायण यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा ८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ ।
ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिलबहादुर कदङ्गवाको जोडी तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सभाको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका हुनुभएको हो ।
नेपालगञ्जको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका २२ हजार १० जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।
सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ ।
नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त छिमेकी देशतर्फ प्रस्थान गरेका छन् ।
पछिल्लो २४ घण्टामा राष्ट्रिय राजधानीमा कोभिड–१९ का कुनै नयाँ बिरामी अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी सुरु भएदेखि यहाँ सङ्क्रमण शून्यमा झरेको पहिलो पटक हो ।