कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख निर्वाचित हुनुभएको सभामुख नन्दा गुरुङले घोषणा गर्नुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिँदै हुनु हुन्छ । आज (बुधबार) बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका निमित्त सचिव रन्जितकुमार यादवले जानकारी दिनुभयो ।
किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो ।
ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ ।
मधेश प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीमा बुधबार भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो ।
सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
सुनसरीको बर्जू गाउँपालिका ६ स्थित चिमडीको बर्जुतालमा १२ दिने बर्जू महोत्सव सम्पन्न भएको छ । तालको एक नम्बर गेटमा पुस २२ गतेबाट सुरु भएको बर्जू महोत्सव आज सम्पन्न भएको हो ।
बागलुङ नगरपालिका– ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१४ का ४३ वर्षीय राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले बताउनुभयो ।
मधेश प्रदेश सभाका सभामुखमा रामचन्द्र मण्डल र उपसभामुख बबिता राउत ईशरले बुधबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो
झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को कलाकारमा विपिन कार्की अनुबन्धित हुनुभएको छ ।
नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।
उपराष्ट्रपति नन्द किशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नु भएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् ।
नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।