• २ असार २०८१, आइतबार

एल क्लासिकोमा बार्सिलोना सफल

blog

रियलविरुद्ध गोल गरेपछि बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, माघ २ गते । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाले साबिक विजेता रियल म्याड्रिडलाई ३–१ गोलले हरायो ।

एल क्लासिको भिडन्तमा बार्सिलोनालाई जिताउन गाभी, रोबर्ट लेवान्डोस्की र पोड्रीले गोल गर्नुभयो । रियलका करिम बेन्जामाले सान्त्वना गोल फर्काउनुभयो । बार्सिलोनाले ३३औँ मिनेटमा गाभीको गोलमा सुरुवाती अग्रता लिएको थियो । ४५औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनुभयो ।

६९औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता थप बलियो बनाउनुभयो । रियलले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो । बेन्जामाले गोल गरे पनि टोलीको हार टरेन ।

बार्सिलोनाले पाँच वर्षपछि सुपर कपको उपाधि चुमेको हो । यसअघि बार्सिलोनाले सन् २०१८/१९ मा सेभियालाई हराएर सुपर कप उपाधि जितेको थियो । एजेन्सी