• १२ साउन २०८१, शनिबार

शान्ति कायम गर्न शान्ति सम्मेलन हुने

blog

काठमाडौं, माघ २ गते । यही महिनाको ११ गते अर्थात् जनवरी २५ का दिन बुधबार शान्ति स्थापना कायम गर्न पहिलो राष्ट्रिय सम्मेलन हुनेभएको छ । सम्मेलन फिलिपिन्सको इन्टरनेशनल कन्भेन्सन सेन्टर (पीआइसीसी) मा तय भएको आयोजक संस्था हेभेन्ली कल्चर वर्ल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले जनाएको छ । 

सम्मेलनमा विधायक, विश्वविद्यालयका शिक्षाविद्, अगुवा युवा तथा महिला, पत्रकार, धर्मगुरु, नागरिक समाज सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । मार्कोस प्रशासनको एजेन्डाअनुरूप शान्तिको माध्यमबाट राष्ट्रिय एकताको प्राप्ति तर्फको रोडम्याप स्थापना गर्ने उद्देश्यले सो सम्मेलन गर्न लागिएको हो ।

‘शान्तिले एक राष्ट्र, एक भविष्य निर्माण गर्छ–शान्ति यहाँ छ’ मूल नाराका साथ शान्ति सम्मेलन सुरु हुने एचडब्लुपीएलले जनाएको छ । कार्यक्रमको माध्यमबाट, राष्ट्रिय शान्ति दिवसका लागि फिलिपिन्सका राष्ट्रपति बोङ्बोङ मार्कोसलाई प्रस्ताव प्रस्तुत गरिने आयोजकको भनाइ छ ।

कार्यक्रमको आयोजना र नेतृत्व उच्च शिक्षा आयोग (चेद) का आयुक्त डा. रोनाल्ड एडमाटको अध्यक्षतामा भएको कार्यक्रममा सो सम्मेलनबारे निर्णय गरेको छ । कार्यक्रमको आयोजकमा स्थानीय शान्ति संस्था भोलिन्टर इन्दिभिजुअल्स् फर पीस (भिआइपी) पनि रहनेछन् । एचडब्लुपीएलसँग भिआइपी र चेदको साझेदारी मार्फत, राष्ट्रियस्तरमा शान्ति शिक्षाको परिचय र अन्तर्राष्ट्रिय स्तरमा शान्ति गतिविधिहरूको सहयोगलाई अगाडि बढाइएको सो संस्थाले जनाएको छ ।

९२ वर्षीय एचडब्लुपीएलका अध्यक्ष जनवरी २४ एचडब्लुपीएल शान्ति दिवसको ९ औँ वार्षिकोत्सवको स्मरणमा फिलिपिन्स आउने कार्यक्रम रहेको संस्थाको भनाइ छ । स्थानीय समुदायहरूबीच मेलमिलापलाई बढावा दिन २०१४ मा जनरल सान्तोस सहरमा हस्ताक्षर गरिएको नागरिक नेतृत्वको शान्ति सम्झौताको सम्झनामा प्रत्येक वर्ष शान्ति दिवस मनाइन्छ । 

सम्मेलनको एक दिनअघि उनी मनिलाको प्लाजा असुनसियन मलाटेमा ११ औँ शान्ति स्मारकको अनावरण समारोहमा पनि उपस्थित भई मन्तव्य दिनुहुने कार्यक्रम तय भएको एचडब्लुपीएलले जनाएको छ । 

पहिलो पूर्णसत्रमा दुवै आयोजक संस्थाका अध्यक्षहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका लागि हासिल गरेका उपलब्धि र योजनाहरू प्रस्तुत गर्नुहुनेछ । यस सत्रमा उपराष्ट्रपति सारा डुटेर्टेलाई पनि बोल्न आमन्त्रित गरिएको छ ।

सोही दिन दिउँसो प्राज्ञ र युवा, धार्मिक अगुवा, सांसद तथा गैरसरकारी सङ्घ संस्था, सञ्चारमाध्यम र महिला अगुवागरी पाँच क्षेत्रीय समूहको समानान्तर सत्र पनि आयोजना हुनेछ । प्रत्येक सत्रमा प्रत्येक क्षेत्र समूहबाट सङ्कल्प प्रस्तुत गर्न खुला फोरमपछि मन्तव्यहरू राखिने छन् । यी प्रस्तावहरूलाई एकीकरण गरी दोस्रो पूर्ण अधिवेशनमा राष्ट्रपति समक्ष प्रतिवेदन पेस गरिने अयाोजकले जनाएको छ । 

यसबाट राष्ट्रिय एकता र दिगो विकास हासिल गर्ने फिलिपिन्सको सङ्कल्पलाई बलियो बनाउने शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि समग्र दृष्टिकोणसहितको राष्ट्रिय शान्ति ढाँचाको निर्माण गरिने विश्वास लिइएको छ ।