बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। बैतडीको पाटन नगरपालिका–३, सुर्नया नदी किनारस्थित प्रसिद्ध वनारसी मन्दिरमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन ठूलो मेला लाग्छ। सो मन्दिरमा दलित समुदायका व्यक्ति मुख्य पुजारी छन्। मन्दिरका मुख्य पुजारी झुले लोहारका अनुसार मेलामा नेपाल र भारतका दर्शनार्थी आउँछन्। बैतडीको पाटनका बयानी लोहार जातिका मुख्य पुजारी र धामी रहेको वनारसी देवताको मेलामा पन्त र भट्ट जातिको सबैभन्दा पहिले धूप पोखल (चामल, घिउ, ध्वजा) चढ्ने गर्दछ। त्यसपछि अन्य सबै जाति र समुदायले धूप पोखल चढाउने परम्परा रहेको छ। यस वर्षको देउरो कुणी, खिपाली बस्तीबाट आउने भएको छ।
ठेक्का भएको दुई वर्षपछि बल्ल धनगढीको मुख्य सडक निर्माण कार्य सुरु भएको छ। कैलाली पुलदेखि पश्चिमतिर ट्राफिक चौराहासम्म बजार क्षेत्रको सडक निर्माणको काम थालिएको हो। यो सडक निर्माणका लागि दुई वर्ष अगाडि नै ठेक्का भए पनि अहिले मात्रै काम सुरु भएको धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले जानकारी दिनुभयो।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारले जनमुखी ऐन कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभएको छ। मुख्यमन्त्री शर्माले कर्णालीमा गर्नुपर्ने काम धेरै भएको र त्यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको साथ आफूलाई चाहिएको बताउनुभयो।
चौमासिक रूपमा उपलब्ध गराइनुपर्ने सामाजिक सुरक्षा भत्ता सोरु गाउँपालिकाले करिब छ महिनापछि ज्येष्ठ नागरिकको बैङ्क खातामा पठाएको छ। पालिकामा लेखापाल अभावका कारणले छ महिनापछि ज्येष्ठ नागरिकको भत्ता बैङ्क खातामा पठाइएको हो। ज्येष्ठ नागरिकले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा औषधोपचार, न्यानो कपडा, पोसिलो खाना, जुत्ता चप्पल र लत्ताकपडा खरिद गर्नबाट वञ्चित भएको ज्येष्ठ नागरिक सतलबहादुर रोकायाले बताउनुभयो। लेखापालको समस्याले चौमासिक रूपमा सामाजिक सुरक्षा भत्ता निकासा गर्न नसकिएको पालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताउनुभयो।
भेरीगंगा नगरपालिका सुर्खेतले दीर्घरोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्च स्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।
माघ १४ गते शनिबार राजधानी काठमाडौंस्थित त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा नियमितभन्दा बढी मात्रामा यात्रुको भीडभाड देखिन्थ्यो । विशेषगरी अन्तर्राष्ट्रिय उडानका अवतरण तथा उडानमा ढिलाइ भएका कारण यात्रुको आक्रोश स्वाभाविकै पनि थियो ।
नेपालको निरङ्कुश शासनको विरोधमा धेरै पहिलेदेखि धेरै देशभक्तले ठूला–ठूला सङ्घर्ष, विरोध र विद्रोह गरे । कतिले देश र जनताको हितमा आफ्नो प्राणलाई आहुति दिए र सबैलाई अन्यायको विरोधमा लड्न तथा आफ्नो हक रक्षामा अघि सर्न साहस र प्रेरणा दिए । वि.सं. १९९३ मा प्रजापरिषद्को गठन भयो । १९९७ को प्रारम्भदेखि यसले एकतन्त्रीय राणा शासन विरोधी आन्दोलनलाई अरू सशक्त पा-यो । १९९७ को कात्तिक २ देखि राणाले व्यापक धरपकड सुरु गरे । पक्राउ गरिएका धेरैलाई अनेकाँै दिनसम्म शारीरिक यातना दिइयो । यसमा सजाय तोक्न राणाहरूले विशेष अदालत गठन गरे । त्यही तथाकथित विशेष अ
पाल्पामा दुई जना युवाको मृत्यु भएको छ । दुर्घटना परेर एक जना र खोलामा डुबेर अर्का एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपालको राजनीतिक इतिहासमा लखन थापालाई पहिलो शहीद मानिन्छ । एकतन्त्रीय राणा शासनविरुद्ध १९९७ सालमा दशरथ चन्द, गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री इत्यादि शहीद भए । ती अमर शहीदको बलिदानस्वरूप २००७ सालमा नेपालमा १०४ वर्षको एकतन्त्रीय राणा शासन समाप्त भई प्रजातन्त्र आएको थियो । त्यो प्रजातन्त्रलाई पनि २०१७ साल पुस १ गते हत्या गरियो ।
सर्वोच्च अदालतको एक फैसलाबाट एउटा व्यक्तिले मन्त्री, सांसद र पार्टी अध्यक्षको पद गुमाएको छ । नेपाली राजनीतिमा सम्भवतः यो पहिलो घटना हो । अदालतको यो फैसलाप्रति कसैको असहमति रहला तर नेपाली राजनीतिमा बारम्बार उठ्ने दोहोरो नागरिकताको प्रश्न वा आफूखुसी कुनै मुलुकको नागरिक घोषणा गर्ने छुट कसैलाई रहने कि नरहने भन्ने प्रश्नमा एउटा बलियो नजिर स्थापित गरेको छ । हिजो सामान्य नेपालीका हकमा यस्तो फैसला भए पनि राजनीतिक रूपमा यो प्रश्नले अदालतमा प्रवेश पाएको थिएन । आज यो फैसलाबाट कसैमाथि अन्याय भएको ठान्नेहरूलाई अब त्यस रूपमा रहेका अरू राजनीतिकर्मीका हकमा अदालतमा विषय प्रवेश गराउने र कानुनी राज्यलाई मिचेर सत्ता स्वार्थ पूरा गर्नेमाथि कानुनी कारबाही गराउने बाटो खोलिदिएको छ ।
पछिल्ला दिनमा नेपालमा दुइटा परिघटनाको आर्थिक, सामाजिक र राजनीतिक प्रभाव व्यापक र दूरगामी पर्ने देखिएको छ । रवि लामिछानेको नागरिकता र प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरण । प्रत्यक्ष हेर्दा यी दुवै विषय नेपाली अर्थतन्त्रसित नजिकको साइनो राख्ने नदेखिन सक्छ तर गहन रूपमा हेर्दा यी विषयले हाम्रो शासकीय शैली देखाइरहेको छ । नागरिकताजस्तो गम्भीर विषयलाई राज्यका निकायले राम्ररी हेर्न नसक्ने हाम्रो शासकीय शैली सुशासनसित जोडिएकै मान्नुपर्छ । उदाउँदा उद्यमी प्रेम आचार्यले सरकार र निजी क्षेत्रमा सुशासनको शैलीलाई निर्मम प्रहार र विद्रोह गर्दै आफैँले आफ्नो प्राण लिनेजस्तो गर्नै नहुने काम गरेका छन् ।
पश्चिम नेपालमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपालगञ्जमा आइतबारदेखि वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टुर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ ।
जाजरकोटमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बारेकोट गाउँपालिका ९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष पूरा हुँदा पनि चितवनको भरतपुर महानगरपालिकामा अझै कुष्ठरोगी फेला पर्ने क्रम रोकिएको छैन। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अन्य छवटा पालिकामा ज्यादै न्यून बिरामी देखिने गरेको भए पनि महानगरपालिका क्षेत्रको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा बढीमा यो रोग देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक वा त्योभन्दा कम सङ्ख्यामा कुष्ठरोगी भेटिनु यो रोग निवारण भएको भन्ने मानिन्छ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सङ्घीय निजामती ऐन छिटो ल्याउन सरकारसँग माग गरेको छ। काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित सङ्घीयता कार्यान्वयन सिकाई, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा विषयक राष्ट्रिय कार्यशालापछि घोषणापत्र जारी गर्दै महासङ्घले स्थानीय सेवासम्बन्धी सङ्घीय मापदण्ड नबन्दा र सङ्घीय निजामती सेवा ऐन नआउँदा स्थानीय सेवाको प्रभावकारी व्यवस्थापन हुन नसकेकोले छिटो ऐन ल्याउन माग गरेको हो।