जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार सेवाग्राहीहरू सेवा लिन लामबद्ध भएर उभिएका थिए ।
शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् । थुनुवा कक्षको भित्ता फोडेर आइतबार राती ती थुनुवाहरू फरार भएको बताइएको छ ।
मदेखि म हराएको दिन मैले म जस्तै म गुमाएको दिन न ऊ ऊजस्तै रहन सक्यो न म मजस्तै रहेँ ऊ र म मिलेर बनेको सम्बन्धको लहरा पहराबाट छुटेको दिन
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तयारी भएको छ । सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।
विद्यालय स्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न यहाँको एक संस्थाले जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । गौमती खत्री विकास अक्षय कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्ष सम्म सहयोग गर्ने भएको हो । उक्त सहयोगले विद्यालय स्तरमा भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने आशा गरिएको छ ।
गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सवमा आज (आइतबार) तीनवटा नाटक ‘तुलसी’, ‘जल्न नसकेको लास’ र ‘दूर देशको भीर गाथा’ मञ्चन भएका छन्। नाटक ‘तुलसी’ जीवन भोगाइका सत्य–तथ्यहरूको उजागर गर्दै प्राचीनतम कला र संस्कृतिलाई झल्काउने काम गरिएको छ। प्राचीन दरबारिया परिवेशलाई आधार मानी लेखिएको नाटकमा सौतेनी प्रवृत्ति, भाग्य र भविष्यको राम्रो द्वन्द्व देखाइएको छ। नाटकलाई भेषराज पौडेलले निर्देशक गर्नुभएको हो।
२०६८ सालबाट रङ्गमञ्चमा लाग्नुभएका परिवर्तत कार्की पोखरा थिएटरका संस्थापक हुनुहुन्छ। करिब दुई दर्जनजति रेडियो नाटक र आधा दर्जन रङ्गमञ्चका नाटक निर्देशन गरिसक्नुभएका उहाँको पहिलो निर्देशकीय नाटक बितेका कुरा थियो। यहाँ आफैँले निर्देशन गरेर नाटक चलाउन धेरै नै गाह्रो हुने उहाँको भनाइ छ। रङ्गमञ्चको अहिलेको अवस्था र यसको चुनौतीबारे गोरखापत्रका लागि सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी :
गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपरासी बर्दघाट सुस्तामा चार वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालयले ६० करोड रुपियाँ राजस्व उठाएको छ। यस कार्यालयले दिने सेवाको नकारात्मक टीकाटिप्पणी हुने गथ्र्याे तर अहिले भने सेवासुविधाप्रति सर्वसाधारण सेवाग्राही खुसी देखिएका छन्।
पुस्तौँदेखि खानेपानीका लागि कष्ट भोग्दै आएका पर्वतको फलेवास नगरपालिका–३, शङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या समाधान हुने भएको छ। गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या टर्ने भएको हो।
घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम निर्माण गरे पनि त्यसलाई प्रयोगमा ल्याउन सकेको छैन । थारू भाषाको पाठ्यक्रम करिब तीन वर्षअघि नै तयार भए पनि पाठ्यपुस्तक बन्न सकेको छैन। उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम तयार गरेको भए पनि हालसम्म पाठ्यपुस्तक तयार नगरेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभएको छ।
बजारसम्म सखर लैजान भने निक्कै अप्ठ्यारो थियो । घण्टौँ लगाएर पाँचखालसम्म सखर लैजाने र त्यसबाट आएको पैसाले नुन, चिनी, तमाखु, बिँडी किनेर लगिन्थ्यो ।
तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको मेट्रो कलेजले वैदेशिक रोजगारका नाममा बढ्दै गएको पलायन अवस्थाबाट युवालाई रोक्न विद्यालय तहमै उद्यम शिक्षा अभियान सुरु गरेको छ। कलेजले ‘पढ्दै कमाउँदै’ अभियानलाई विद्यालय तहमै पुगेर विद्यार्थीमाझ उद्यम अभियानका रूपमा अघि बढाएको छ। कक्षा १२ उत्तीर्णपछि अधिकांश विद्यार्थीको रोजाइमा अध्ययन र रोजगारीका लागि विदेश पलायन हुने गरेको पाइएको छ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित छ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको छ। सो सडकमा रात्रिकालीन समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सात–सात किलोमिटर दूरीमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको हो। वडा नम्बर ३ को मोहना पुलदेखि वडा नम्बर १३ को धनगढी विमानस्थल गेटसम्म स्मार्ट सडक बत्ती जडानको कार्य भइरहेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ।