ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पूरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ।
नेपालमा नयाँ भेटिएका कुष्ठरोगका बिरामीमध्ये मधेश प्रदेशमा धेरै रहेको पाइएको छ ।
ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ दौडको उपाधि प्रकाश लिम्बू र समपाल्मु शेर्पाले जित्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । मेलबर्नमा आइतबार भएको फाइनल खेलमा जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सेटमा हराउँदै उपाधि जित्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो ।
प्रदेश १ का सभामुख बाबुराम गौतमले ग्रामीण क्षेत्रका सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
‘बराथा स्मृति सम्मान २०७९’ बाट नेपाली व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज कलाकार शरद रञ्जित सम्मानित हुनु भएको छ ।
जिल्लाको सामुदायिक विद्यालयहरूमा विद्यार्थी निरन्तर नआएर शैक्षिक गतिविधि प्रभावित भएर शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति प्रदेश सांसद माला कर्णले चिन्ता व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्याङ्कन सूचक उल्लेख भएको अर्थमन्त्रालयले जनाएको छ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा २ को साजेबगरमा एक्स्काभेटर (डोजर) दुर्घटना भएको छ ।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न खेलकुदको आयोजना गरिएको छ । जसमा ‘एनटिभी कप–२०७९’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।