सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठ सुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ ।
अमेरिकी वाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ । तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ ।
सङ्घीय संसद्अन्तर्गत आज (आइतबार) प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुने कार्यसूची छ ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकाल्दा उपाधि दौडमा रहेको आर्सनल र लिभरपुलले हार खेपेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।
एउटा गाउँमा आमा र छोरा बस्थे । छोराको नाम राम थियो । रामका बुवा भने खर्चबर्च जुटाउन विदेश जानु भएको थियो । जाडो निकै बढेको थियो । विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा चल्दै थियो । विद्यालयबाट आज राम अलि छिटो घर आयो । आमालाई भन्यो, आमा आजबाट विद्यालय पन्ध्र दिन छुट्टी भयो नि । ए ल गज्जब भएछ म एउटा योजनामा छु । अब तिमीलाई मामाघरमा घुमाउन लौजान्छु । कति भइसक्यो मामाघर जान नपाएको राम आमाको कुरा सुनेर मुसुक्क हाँस्यो । भोलिपल्ट झुल्केघामसँगै आ
‘बेड नम्बर पाँचको को हुनुहुन्छ ?’ अचानक यो आवाज सुनेर हामी त्यहा“ कुरुवा बसिरहेका तीन जना झसङ्ग भएका थियौँ । हाम्रा वरिपरि कुनै बेन्च थिएन, भएका बेन्चहरूमा पनि अरू बिरामीका कुरुवाले पहिले नै कब्जा जमाइसकेका थिए । पर्याप्त ठाउँ पनि त थिएन । त्यसैले गर्दा हामी कुर्सीमा टेक लगाएर उ“घिरहेका थियौँ । शनिबार रातिको ११ बज्नलाग्दो प्रहर थियो । अचानक बिहानैदेखि सुरु भएको आकासेझरी कहिले दर्किने र कहिले झर्किने गरे पनि थामिन मानिरहेको थिएन । यस्तैमा वीर अस्पतालको नया“ आईसीयू कक्षको प्रवेशद्वार खुलेको थियो र वातावरणमा नारी स्वर गुन्जेर हामीलाई झसङ्ग पारेको थियो ।
मुखैभरि माखैमाखा ! राति नि झिङा भन्केर मुखमा बस्थे । मुख छोपे सास फेर्न गाह्रो हुने– नछोपे मुखमा माखा बसेर हैरान । कत्ति गरे नि म सुत्नै सकिनँ । बिहान चैनपुरबाट आइपुगेथ्यौँ । दिउँसोबाट सुरु भएको धर्म, संस्कृति र कलाको सङ्गम चम्किरह्यो अबेर साँझसम्म । देउडाका चाल नरले नि चाले, नारीले चलाए । ती सुरिला, स्वादिला र सुनिरहँ लाग्ने देउडामा घण्टौँ नाचेँ मै पनि ।
जीवनको प्रारम्भका दिनलाई नियाल्दा पेलेले विश्वमा यस्तो तहल्का मच्चाउलान् भन्ने कसैले सोचेकासम्म थिएनन् । नाङ्गो खुट्टाले झुम्राको बल खेलेर फुटबल सिकेका पेले फुटबलका
विश्वकप फुटबल विजेता अर्जेन्टिनाले सधैँ फिक्का नीलो र सेतो पट्टी भएको जर्सी किन लगाउँछ ? यसको गाथा बैजेन्टाइन साम्राज्य, पुनर्जागरण कालका पेन्टर, नेपोलियन, युद्ध र क्रान्तिसँग जोडिएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट जिप खस्दा हाम फालेर दुई जना जोगिएका छन् ।