चुनावी खर्च विवरण नबुझाउने बैतडीका ९१३ उम्मेदवार खर्च मिनाहाको निवेदन बोकेर स्थानीय पालिकामा दौडधुप गरिरहेका छन्। प्राप्त निवेदन गाउँपालिका र नगरपालिका महासङ्घले राष्ट्रपतिसमक्ष बुझाउने बताइएको छ। स्थानीय तहको निर्वाचन २०७९ मा बैतडीबाट ४४० पदका लागि एक हजार चार सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचन सकिएको ३० दिनभित्र चुनावी खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थाको अटेर गरेपछि निर्वाचन आयोगले अटेरी गर्नेमाथि दण्ड जरिवाना तोकेको थियो। आयोगले दण्ड तोकेपछि मिनाहाको निवेदन बोकेर उम्मेदवार दौडधुपमा छन्।
नेपालका विभिन्न जनजातिमध्ये एक हो गनगाईं । गनगाईं बस्तीमा एउटा उखान प्रचलित छ, जताजता कनकाई उतैउतै गनगाईं । यो उखान सामाजिक अन्वेष
टीकापुर नगरपालिका–२ मा बनाइएको गौशाला व्यवस्थित नहुँदा यहाँ थुनिएका गाई स्याहार नपाएर मर्न थालेका छन्। नगरपालिकाले लाखौँ रुपियाँ लगानी गरे पनि गाईले खान पाएका छैनन्। गौशालामा करिब आठ सय गाई थुनिएका छन्। तीमध्ये छ सय जति गाई दैनिक रूपमा जङ्गल लगेर डुलाउने गरिएको छ। दुई सय जति थुनेरै राखिएका छन्।
सिंहदरबारको अधिकार गाउँमै पु-याउने गरेर स्थानीय तहको पुनर्संरचना गरिएको भनिए पनि बैतडीका १० स्थानीय तहका ८४ वडामध्ये ५४ वडा सचिवविहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ भने पालिकाले नियमविपरीत कर्मचारी भर्ना गरेर रकम दुरुपयोग गर्दै आएका छन्। बैतडीको शिवनाथ गाउँपालिकाका छवटै वडा सचिवविहीन छन्। सचिव नहुँदा स्थानीय सरकार सञ्चालन गर्न कठिनाइ भएकाले प्रदेश सरकारलाई सचिवको माग गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो।
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा टुलुसविरुद्ध कठिन जित निकालेको छ । घरेलु मैदानामा आइतबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोलले हरायो ।
सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्।
दुई दशकदेखि निष्क्रिय रहेको स्काउटको गतिविधि बढेसँगै पाल्पाका विद्यार्थी अनुशासनसँगै सामाजिक क्रियाकलापमा सक्रिय भएका छन् । जिल्लाका विभिन्न विद्यालयमा स्काउटको गठनसँगै विद्यार्थीमा अनुशासनको भावनामा अभिवृद्धि भई सामाजिक कार्यमा सक्रिय हुन प्रेरणा मिलेको हो ।
रुपन्देहीको कालीदह–ककरहवा नाका पछिल्लो समय भारतीय पर्यटकले वैकल्पिक मार्गका रूपमा बढी प्रयोगमा ल्याउन थालेको देखिएको छ । बेलहिया–सुनौली नाकाभन्दा कालीदह–ककरहवा हुँदै लुम्बिनी आउजाउ गर्न सहज भएपछि भारतीय पर्यटकले यही नाका प्रयोग गर्न थालेको लुम्बिनीका पर्यटन व्यबसायीको दावी छ ।
हिन्दु–मुस्लिम समुदायबीच एकता तथा प्रगाढ सम्बन्ध बढाउने प्रतीकका रूपमा लाग्ने प्रसिद्ध धार्मिक मेला बाँकेको नरैनापुरमा सुरु भएको छ । प्रसिद्ध मुस्लिम सुफिसन्त हजरत खलिफा नुर अहमद शाहको समाधि स्थलमा प्रत्येक वर्ष सो मेला आयोजना हुने गरेको छ । धार्मिक मेला शुक्रबार रातिबाट सुरु भएको हो । धार्मिक तथा सामाजिक सद्भावको अद्भूत नमुना बनेको यस धार्मिक मेलाको उद्घाटन लुम्बिनी प्रदेशका बिनाविभागीयमन्त्री कृष्णा केसी र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गर्नुभयो ।
तीन वर्षअघिसम्म ४७ वर्षीया कमला सेन कुसुन्डाले आफ्नी दिदीसँग मातृभाषा कुसुन्डा भाषामा कुरा गर्नुहुन्थ्यो । दिदीबहिनीको भेटमा सुखदुःख तथा पारिवारिक कुराकानी साटासाट आफ्नै भाषा हुन्थ्यो तर २०७७ माघ १९ गते दिदी ज्ञानुमैयाँको निधन भएपछि कमलासँग कुसुण्डा भाषामा संवाद गर्ने कोही छैन । बोल्ने दोस्रो व्यक्ति नहुँदा कमलाले समेत अब आफ्नो भाषासमेत बिर्सिन थाल्नुभएको छ ।
एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजबाट समापन हुँदैछ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज (आइतबार) माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ ।
कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवस शनिबार मनाइएको छ। २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो। स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले जनताको हित र विकास निर्माणमा दत्तचित्त भएर सिर्जनात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले अधुरा योजना सपन्न गर्न र कार्यक्रमहरू जनताको आधारभूत आवश्यकताअनुसार बनाउन आग्रह गर्नुभयो। त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा सरकारको ध्यानाकर्षण गराउनुभयो। विकासका पूर्वाधार, विद्युतीयकरण, सिँचाइलगायतका निर्माण गर्न तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्थलगत एकीकृत विकास योजना निर्माण गर्ने भएको छ। वीरेन्द्रनगरलाई व्यवस्थित, आकर्षक र पूर्वाधारयुक्त नगरको रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने भएको हो। सरकारले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी नगरको स्थानगत एकीकृत विकास योजना बनाउने निर्णय गरेको छ।
दक्षिणपूर्वी एसियामा सङ्घीय व्यवस्था अवलम्बन गर्ने एक मात्र मुलुक मलेसिया आर्थिक तवरले समृद्ध मुलुक मानिन्छ । बेलायती शासनबाट मुक्ति पाएपछि ५० वर्षसम्म वार्षिक कुल गार्हस्थ्य उत्पादन ६.५ प्रतिशतले वृद्धि भएको मलेसियाका आर्थिक तथ्याङ्कले बताउँछन् । दक्षिणपूर्वी एसियामा यो मुलुक नयाँ औद्योगिक बजार अर्थतन्त्र भएको तेस्रो ठूलो तथा विश्वमा ३६आँैं ठूलो मुलुक मानिन्छ । सन् १९५७ मा बेलायती आधिपत्यबाट स्वतन्त्रता प्राप्त गर्नुअघि पोर्चुगल, नेदरल्यान्डज