देउखुरी उपत्यकालाई जोड्ने राप्ती नदीमा बनेको पक्की पुल जीर्ण हुँदै गएपछि मर्मतको काम थालिएको छ। लामो समयसम्म पुल मर्मतको काम नहुँदा दुर्घटनाको जोखिम बढेको थियो। पुल निर्माण भएप्छि देउखुरी उपत्यकाको राप्तीपारि–वारिको क्षेत्रलाई आवतजावतमा सहज भए पनि निर्माण भएको लामो समयसम्म पुलको मर्मत हुन सकेको थिएन। २०५६ सालमा राप्ती नदीमा पक्की पुलको शिलान्यास भएर निर्माणको काम सुरु भई २०५९ मा निर्माण कार्य सकिएको थियो। फलामे पुलमा खिया लागेको थियो।
भीर र रुखबाट लड्दा एकै दिन पाँचथरको फिदिम नगरपालिकाका २ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वनरक्षक खटिन थालेका छन्। कैलालीको पहलमानपुर डिभिजन वनअन्तर्गतका १० वटा सबडिभिजन कार्यालयमा सोमबारदेखि उनीहरू हाजिर भएर वनरक्षकका रूपमा खटिन थालेका हुन्। डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुलप्रसाद रिजालका अनुसार सुखड, साँडेपानी, बौनिया, लम्की, भजनी, टीकापुर, फलेबिसौनालगायत १० वटा सबडिभिजन कार्यालयमा ३१ जना वनरक्षक सोमबारदेखि हाजिर भएर कार्यक्षेत्रमा खटिएका छन्।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुलको काम सम्झौता भएको आठ वर्ष हुँदा पनि सुरु भएको छैन । दुई वर्षमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि आठ वर्षसम्म काम सुरु नै गरिएको छैन । सडक डिभिजन कार्यालय चौरजहारीमार्फत खोलिएको मेघा पुल निर्माणको ठेक्का सपना सैलुङ जेभी काठमाडौँले पाएको छ । डिभिजन कार्यालयका इन्जिनियर सुरेशकुमार बस्यालका अनुसार उक्त निर्माण कम्पनीले २०७१ साल मङ्सिर २ गते गरिएको सम्झौतामा २०७३ पुस २ मा काम सम्पन्न गर्ने सम्झौता भएको थियो । उक्त मितिमा काम नगरेकाले २०७७ पुस १३ सम्मका लागि म्याद थप गरिएको थियो । उक्त मितियता पनि काम सुरु भएको छैन । १२० मिटर लामो आरसीसी पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।
चालु आर्थिक वर्षमा यहाँका कृषकले सुन्तला बिक्रीबाट तनहुँमा २६ करोड आम्दानी भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएको सुन्तला विक्रीबाट सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तनहुँको कृषकको सुन्तला खेतीबाट आय स्तर परिवर्तन भएको छ ।
स्थानीय तहमा गठित न्यायिक समितिप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएको छ । कर्णालीका सातवटा जिल्लाका पालिकामा गरिएको एक अध्ययनले यस्तो देखाएको छ । संस्थागत सुुधारमार्फत न्यायमा पहँच अभिवृद्धि परियोजनाले न्याय सम्पादन प्रभावकारिताका विषयमा पालिकामा अध्ययन गरेको हो । सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम, मुगु, डोल्पा र सल्यानका गरी ३० वटा स्थानीय तहमा उक्त अध्ययन गरिएको जनाइएको छ ।
रानाथारू समुदायको होरी पर्व सुरु भएको छ। माघ पूर्णिमाका दिन आइतबार राति होलिकाको पूजाअर्चनापछि होरी पर्व सुरु हुन्छ। रानाथारू समुदायका मानिसले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्छन्। रानाथारू समुदायसम्बन्धी जानकार नारायण रानाका अनुसार माघ पूर्णिमाको दिन आकाशमा पूर्णिमा देखिएपछि सार्वजनिक स्थानमा होलिकाको प्रतिमा स्थापना गरेर पूजा हुने गरेको छ। गाउँका भर्रा (गुरुवा)ले भलमन्सा, गाउँका युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा होलिकाको पूजाआजा गर्ने गर्छन्। पूजाआजापछि होरीको गीत गाउँदै केहीबेर होरी खेलिन्छ। त्यसै बेलाबाट जिन्दा होरी सुरु हुने गर्छ।
सर्लाहीको बरहथवा नगरपालिका–११ मा दुई महिनापछि आइतबार रातिबाट बिजुली बत्ती नियमित भएको छ । ग्रामीण विद्युतीकरणअन्तर्गत विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले गत मङ्सिर २७ गतेदेखि उक्त गाउँमा बत्ती काटेको थियो। प्राधिकरणले लाइन काटेदेखि त्यस वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा बसिरहेका थिए।
सप्तरीका इँटा व्यवसायीले उचित मूल्य र बजार नपाउँदा मार परेको छ। बढ्दो बजार भाउले इँटाको उत्पादन लागत बढ्दै गएको छ भने इँटाको बिक्री भाउ यथावत् रहेकोले व्यवसायी केही वर्षदेखि घाटा बेहोर्दै आएका छन्। इँटा पकाउन प्रयोग हुने कोइला चार वर्षअगाडि प्रतिकिलो २४ रुपियाँमा पाइन्थ्यो। कोरोनापछि दोब्बर भएर ४४ रुपियाँ प्रतिकिलोमा किन्नुप-यो। अहिले कोइला प्रतिकिलो ४६/४८ रुपियाँको दरमा किन्नुपर्ने विष्णुपुर गाउँपालिका–१, बीडीआर इँटा भट्टाका सञ्चालक राजु साहले बताउनुभयो। उहाँले भन्नुभयो, “श्रमिक पनि महँगो भयो, पेट्रोलियम पदार्थ डिजेल महँगो भएकोले उत्पादन लागत पाँच गुणाले बढेको छ।
बाजुराबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा तीन हजार ३६४ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि आवश्यक हाजिरी पु-याएका नियमिततर्फ तीन हजार ८९, ग्रेड वृद्धिमा १५० र प्राविधिक धारका १२५ विद्यार्थी परीक्षा दिँदै छन्। परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहका अनुसार, बाजुराका तीनवटा विद्यालयमध्ये भानोदय माविमा पुश विज्ञान, दशरथ र कीर्तिचौर माविमा बाली विज्ञान विषयको पठनपाठन भइरहेको छ। बाजुराका तीनवटा माध्यमिक विद्यालयले मात्र कक्षा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन पनि गर्दा प्राविधिकतर्फ विद्यार्थीको सङ्ख्या न्यून रहेको बताउनुभयो।
मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको स्तरोन्नति कार्य सुस्त रहेको छ। कैलालीमा काम भइरहेको सातवटै प्याकेजको म्याद एक वर्षका लागि थप गरिए पनि निर्माण कार्यले गति लिएको छैन। यसअघि तोकिएको समयावधिमा न्यून भौतिक प्रगति गरेका निर्माण कम्पनीले अब २०८० भित्रै हुलाकी राजमार्ग स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्नेछ। यद्यपि अहिलेसम्मको काम गराइको अवस्था हेर्दा थप गरिएको समयमा पनि निर्माण कम्पनीले काम पूरा गर्न सक्ने अवस्था देखिन्न।
नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो।
पत्रकार तथा समाजसेवी कमलराज खम्बू ‘आने’को स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ओखलढुङ्गा मानेभन्ज्याङ रिनुवालका कमलराजको ४६ वर्षको अल्पायुमै हृदयाघातबाट निधन भएको थियो।
पोखरामा सुरु भएको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव शनिबार सम्पन्न भएको छ। ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ महोत्सवको आयोजना गरिएको थियो। महोत्सवको अन्तिम दिन अतिथि नाटकअन्तर्गत नाटक ‘धुमधामको घुमघाम’ मञ्चन गरिएको थियो। आकाङ्क्षा कार्कीले निर्देशन गर्नुभएको नाटकमा अकाश नेपाली, अशिष काफ्ले ऋषिकेश बस्याल, कविराज राई, गणेशप्रसाद पौडेल, विनिता लामा गुरुङ, मारुती सापकोटा, नवीनचन्द्र अर्याल, निसान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लले अभिनय गरेका छन् ।