बागमती प्रदेशको प्रदेश सभाका सदस्यले नागरिकका समस्याप्रति प्रदेश सरकारलाई उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। प्रदेश सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक समयमा सुरु नभएको र प्रदेश सभा कामविहीन भएकाले बिजनेस दिन माग गर्नुभएको थियो। प्रदेश सभा सदस्य अमनकुमार मास्केले बैठकमा अझै पनि केन्द्रीकृत मानसिकता रहेकाले सङ्घीयताको औचित्य साबित गर्न प्रदेशलाई अझै क्रियाशील बनाउनु आवश्यक भएको बताउनुभयो। प्रदेश सभा सदस्य आशा लामाले हरिया डाँडाकाँडालाई उजाड बनाइएको र युवा पलायन भएको अवस्था रहेको भन्दै सङ्घीयतालाई देशले धान्न नसक्ने भएकाले व्यवस्थित गर्नु आवश्यक भएको औँल्याउनुभयो। यस्तै ईश्वर सापकोटा कृषिप्रधान देशका किसानले सडकमा तरकारी फाल्नुपर्ने अव
काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो ।
गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् । गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएकोे किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटना क्रमका सन्दर्भमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो दल कांग्रेस सभापति देउवा र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो ।
जापान र नेपालको राजनीति र विकासबारे विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) तथा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को संयुक्त आयोजनामा सोमबार आयोजित गोष्ठीमा दुई देशको राजनीतिक परिवर्तन र आर्थिक वृद्धिको प्रवृत्तिगत विश्लेषण विज्ञहरूले गर्नुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य विभिन्न क्रियाकलापमा संलग्न रहेको आरोपमा १८ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले धनुषाको शहीद नगर नगरपालिकास्थित बिसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्मको कृषि सडक निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित १२ जना विरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा दायर गरिएकामा तत्कालीन नगरप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैशीलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखिया रहेको अख्तियारले जनाएको छ।
विगत पाँच वर्षमा नेपालीले मोबाइल फोन खरिदका लागि एक खर्ब ३७ अर्ब रुपियाँ खर्चिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्मको पाँच वर्षको अवधिमा मोबाइल आयातका लागि सो खर्च भएको हो । उक्त रकम खर्च गरेर दुई करोड ७५ लाख थान मोबाइल आयात गरिएको तथ्याङ्क छ ।
जिल्ला अदालत काठमाडौँले सौन्दर्य प्रतियोगिताको आवरणमा नाबालिगमाथि यौन शोषण अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा सात वर्ष कैद सजाय आदेश गरेको छ। न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद र ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश गरेको हो। सरकारी वकिलले पाण्डेलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरेका थिए।
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटरमा तीन/तीन रुपियाँ बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपियाँ, डिजेल/मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिने बताउनुभएको छ ।
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका पृतना हेडक्वार्टर अन्तर्गत फौजहरू सम्मिलित भई ललितपुर जिल्ला, लेलेमा सञ्चालन भइरहेको सामूहिक तालिमको सोमबार निरीक्षण गर्नुभएको छ ।
सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले सानदार जित हासिल गरेको छ ।
तीन वर्षदेखि टहरामा बास बस्दै आउनुभएकी बीजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले एक लाख रुपियाँ विनियोजन गरेको छ ।