नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
संसदमा पेश गरिएका सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २५ गते विश्वासको मत लिनु हुने भएको छ ।
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।
सर्लाहीको हरिवनमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका दुई जनालाई सोमबार बिहान थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ । अघिल्लो पटक यस रोगविरुद्धको औषधि बहुसङ्ख्यक मानिसले नखाएका कारण यसपटक अभियान नै सञ्चालन गरी औषधि खुवाउन थालिएको हो ।
आइतबार दिउँसो सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा भएको आगालागी पीडितलाई सिमकोट गाउँपालिकाले राहत प्रदान गरेको छ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ ।
दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार एक सय छ । उक्त सुनको मूल्य अघिल्लो दिन रू एक लाख तीन हजार छ सय थियो ।
पार लागर्कभिस्टको जन्म स्विडेनको भेक्जोमा मे २३ १८९१ मा भएको हो । स्विडिस नाटककार कवि एवं उपन्यासकार पार्क लागर्कभिस्टलाई स्वतन्त्र विचारका कविता रचना गरेबापत सन् १९५१ को नोबेल पुरस्कार प्रदान गरियो । उनी खासगरी उपन्यासकारका रूपमा चर्चित छन् । पार्क लागर्कभिस्टका ६० भन्दा बढी कृतिहरू प्रकाशित छन् । द ह्याङ गम्यान (१९३३), मिड समर नाइट इन द वर्क हाउस (१९४९), द ड्वार्फ (१९४४) लेट म्यान लिभ (१९४९), बारव्वास (१९५१) तथा पिलग्रिम याट सी (१९६४) उनका प्रमुख कृतिहरू हुन् । यिनको मृत्यु ११ जुलाई १९७७ मा स्टकहोममा भयो ।