स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्। स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न थालेपछि पालिकास्तरमा खेलकुदका गतिविधि पनि बढेका छन्। खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकाले लगानी बढाउन थालेका हुन्।
कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्डमा यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल्ने गरेका छन्। सर्केगार्ड गाउँपालिका–७ का हंश विकले एक हजार सात सय रुपियाँले पिलुचौर पुगेको र पिलुचौरदेखि कालीकोटको लालीघाटसम्म ६१ किलोमिटरका लागि थप एक हजार पाँच सय रुपियाँ तिरेको बताउनुभयो।
कर्णालीमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ। पोखरापछि पहिलो पटक सुर्खेतस्थित प्रदेश अस्पतालमा शनिबार पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो। मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोली खटिएको थियो।
बाजुराको बूढीनन्दा नगरपालिका–२ को जनप्रकाश माध्यमिक विद्यालयको मैदानमा करोडौँ खर्चेर लगाइएको जैतुन खेती अलपत्र परेको छ। जैतुनको परियोजना सकिएसँगै अहिले जैतुनको बगैँचा पनि अलपत्र भएको हो। इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाइएको जैतुन सन् २०१६ मा सफल भएको भन्ने प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा परियोजनाले बाजुराको कोल्टीमा जैतुन खेती विस्तार गरेको थियो। त्यसपछि पिलुचौर जैतुन जोन कार्यालय स्थापना गरेर कुन्ना क्षेत्रका विभिन्न ठाउँमा जैतुनको खेती सञ्चालन गरिँदै आएको छ।
क्यान्सर अर्थात् अर्बुद रोगलाई एक असाध्य रोगका रूपमा लिइन्छ । शरीरका कुनै पनि अङ्गमा अनावश्यक कोषिकाको निर्माण तथा विस्तार नै यस रोगको जड मानिन्छ । लामो समयसम्मको खोकी, बिनाकारण शारीरिक तौलमा कमी, असामान्य तवरबाट शरीरका कुनै अङ्गबाट रक्त बग्नेजस्ता कारण क्यान्सरका लक्षणका रूपमा बुझिन्छ । विज्ञहरूका अनुसार एक सयभन्दा बढी प्रकारका क्यान्सरले मानव शरीरलाई प्रभावित गर्ने गरेको छ । नसर्ने रोगका रूपमा क्या
अभूतपूर्व विश्वासको मतसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको नेतृत्व गरिरहनुभएको छ । पुस २६ गते सङ्घीय संसद्को प्रतिनिधि सभाका बैठकमा उपस्थित २७० जना सदस्यमध्ये प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत प्राप्त गर्नु सामान्य विषय पक्कै होइन । संसद्का कुल २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले ९८.१८ प्रतिशत मत प्राप्त गर्नुभएको ऐतिहासिक तथ्य हामीसामु छर्लङ्गै छ । खसेको मतलाई हेर्दा प्रधानमन्त्रीले पाएको मत ९९.२६ प्रतिशत हो । प्रतिनिधि सभाको सदस्यको रूपमा प्रत्यक्ष रूपमा बैठकमा उपस्थित हुँदै गर्दा यो विरलै देख्ने दृश्यको म साक्षी थिए । के सत्तापक्ष, के प्रतिपक्षी, सबै एक ठाउँमा उभिएर मुलुकका प्रधानमन्त्रीले झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नु आफैँमा अभूतपूर्व र ऐतिहासिक परिघटना हो । प्रधानम
हजारौँको बलिदानले प्राप्त लोकतन्त्र फलदायी बन्न सकेको छैन । देशमा राजनीतिक अस्थिरतासँगै बेरोजगारी, भ्रष्टाचार, मुद्रास्फीति, महँगी आदि कोसेली लोकतन्त्रले ल्याएको उपहारका रूपमा व्याख्या विश्लेषण गरिँदै छ । नेताहरूको अकर्मण्यताका कारणले राजनीतिक परिवर्तनलाई होच्याउन काम हुँदै आएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत लागू हुने बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यमाथि प्रश्न उठिरहेको छ । शान्ति, सुशासन, विकास र समृद्धिको मा
वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरू वर्षात् होस् या हिउँदको समयमा सामान्य वर्षाका कारण पनि डुबानमा पर्ने गरेका छन् । पछिल्लो समय नगर क्षेत्रभित्र रहेका प्राकृतिक पानीको निकास मासिदा डुबानको समस्या आएको हो ।
व्यावसायिक सीप र भन्सारको ज्ञान आदान–प्रदान गर्ने संस्कृति अभिवृद्धि गरौँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय भन्सार दिवस भर्खरै सम्पन्न भएको छ । यता भारतीय सीमा क्षेत्रका भन्सार नाकामा चेकजाँच कडाइ गर्न थालिएको देखिन्छ । भन्सार नाकाबाट चुहावट रोक्न सरकारको अति कडाइले सीमावर्ती बजारका सर्वसाधारण बासिन्दाले सास्ती भोग्नुपरेको छ ।
गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’ सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा अर्जुन सुवेदीको शब्द रचना रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत रहेको छ। नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमा–बुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नु परेको सङ्घर्ष देखाइएको छ।
नेपथ्यले अस्ट्रेलियाका शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा आफ्नो ब्यान्डको पहिलो प्रस्तुति दिएको छ। कन्सर्ट सुरु हुँदा ब्यान्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरु गरेको थियो। त्यसपछि लगत्तै दोस्रो एल्बमको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो।
दोलखाको भीमेश्वर नगरपालिका–७ मकै बारी पुवाँलेमा एकाघरका चार भाइको संयुक्त आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)मा राजस्व मोडल सञ्चालनमा आएको छ । सरकारको कोष तथा लेखा व्यवस्थापन र सञ्चालन गर्ने महालेखा नियन्त्रक कार्यालयले उक्त मोडल सञ्चालनमा ल्याएको हो ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको तेस्रो साधारण सभा दोलखाको पर्यटकीय नगरी जिरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारण सभापछि जारी जिरी घोषणापत्र २०७९ मा अहिले पनि विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारहरूको अधिकार र हितका लागि आवश्यक नीति बनाएर काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। उहाँले आफू विगतमा पनि श्रमजीवी पत्रकारको पक्षमा रहेकाले मुख्यमन्त्री भएपछि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो। रेडियो मकवानपुरको १३औँ वार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाको आइतबार हेटौँडामा उद्घाटन गर्दै उहाँले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभयो।