परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गर्नुभएको छ ।
जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म झापाको मेची रङ्गशाला भद्रपुरमा आयोजना हुन गइरहेको प्रथम भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजन मुस्ताङ बियरले गर्ने भएको छ।
ओखलढुङ्गा जिल्ला अदालतले बोक्सी आरोप लगाउने तीनजनालाई कैद सजायको फैसला गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
नेपाल साफ यु-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।
मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। मङ्गलबार नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्रिपरिषद्मा सहभागी भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाअभियोग सम्बन्धी व्यवस्थाबारे छुट्टै मस्यौदा बनाएर समितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ।
प्रदेश सरकार गठनमा सहयोग गरेको सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका कैदीबन्दी जेलबाट रिहा भएमा मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
सरकारले पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि भएको छ ।
काठमाडौं, माघ २४ गते । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ।
राडी ज्यूला रुकुम पश्चिमको दोस्रो बजारको रुपमा स्थापित हुँदै गएको छ ।