अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) की प्रमुख (प्रशासक) समान्था पावर दुई दिने नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन नसक्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताउनुभएको छ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म पाँच हजारभन्दा बढीको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मङ्गलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चार क्षेत्रमा एकद्वार प्रणालीको सेवा नहुँदा नेपालले प्रविधिमा फड्को मार्न नसकेको बताउनुभएको छ।
युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
मन्त्रिपरिषद्को बैठकमा युनले दक्षिणी टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाएका ४ हजार भन्दा बढी मानिसहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् । उनीहरु पुरिएको आशङ्का गरिएको बताइएको छ ।
हरेक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा बसेको छ ।
‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आज (मङ्गलबार) देखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी आज यहाँ उद्घाटन गर्नुभएको हो ।
नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
काठमाडौं महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ ।