मिस वल्र्डको विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ। मिस नेपाल वल्र्ड प्रियङ्कारानी जोशीले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर उक्त गाउँमा बिजुली पु-याउनुभएको हो। विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुने भएका छन्।
हुम्लाको बुराउसे गाउँका लामा समुदायले मान्ने माने पर्व सकिएको छ। यस पर्वमा पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृति, नाच, सिक्ने गर्छन्। सिमकोट गाउँपालिका–४ का राजबहादुर लामाले पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व सम्पन्न भएको बताउनुभयो। चार दिनसम्म मनाइने यस पर्वमा बूढापाकाबाट नयाँ पुस्ताले खानपानदेखि गीत गाउने, नाच्ने, परम्परागत पहिरन लगाउनेबारे सिक्ने गर्छन्।
वसन्तपुर दरबार स्क्वायरस्थित महादेव पार्वती मन्दिर परिसरको डबलीमा एक दम्पती काठमा बुट्टा कुँद्न व्यस्त छ। गोपालकृष्ण शिल्पकार र बीना शिल्पकार विगत ६ महिनादेखि काष्ठकलामा तल्लीन रहनुभएको हो। उहाँहरूले विभिन्न जातका काठमा कलात्मक बुट्टा कुँद्दै महादेव–पार्वती मन्दिरको गरिमालाई दुरुस्त बनाउन मेहनत गरिरहनुभएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले मुलुकको अर्थतन्त्र दबाबमा रहेको कसैबाट लुकेको छैन । अर्थतन्त्रलाई सुधारोन्मुख दिशामा अग्रसर गराउन सरकारलगायत सम्बद्ध पक्षबाट समय मौकामा विभिन्न सुधारात्मक नीति अख्तियार गरिँदै आएको छ । फलस्वरूप मुलुकको आर्थिक स्थितिमा सुधार हुन थालेको परिसूचक आउने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले मुलुकी अर्थतन्त्रका कतिपय परिसूचक सुधार हुन थालेको देखिएको छ । विप्रेषण बढ्न थालेको, शोधनान्तर स्थिति अनुकूल हुँदै गएको र कुल विदेशी मुद्रा सञ्चितिमा
शासनको अवधारणा मानव सभ्यताको विकाससँगै सुरु भएको हो । शासन शब्दको परम्परागत अवधारणाले नियन्त्रण र निर्देशन गर्ने कार्यलार्ई बढी जोड दिने गरेको भए पनि वर्तमानमा यो शब्दले नागरिक र समग्रमा राज्यको हितका लागि गरिने कार्यलार्ई जनाउँछ । शासनको परम्परागत अवधारणा नियन्त्रणमुखी र प्रक्रियामुखी कार्यशैलीका अतिरिक्त, गोप्यतावादी संस्कार, एकल निर्णय, केन्द्रप्रति उत्तरदायी कार्य सम्पादनमा विश्वास गर्दथ्यो । सामान्य अर्थमा राज्य सञ्चालनका क्रममा सरकारले जे गर्छ, त्यो नै शासन हो । यसको अतिरिक्त राज्य सञ्चालन गर्ने क्रममा सरकारले अपनाउने विधि, प्रक्रिया, मापदण्ड र कार्यशैलीको स
तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ ।
प्राचीनकालमा नेपालको न्याय व्यवस्था धर्मशास्त्रमा आधारित सञ्चालन हुने गर्दथ्यो । पछि यसलाई व्यवस्थित गर्दै लगेको पाइन्छ । इतिहासको कालखण्डलाई नियालेर हेर्दा किराँतकालमा नेपालको शासन तथा न्याय व्यवस्था मुङधुङको आधारमा चल्ने गर्दथ्यो । लिच्छविकालमा शासन व्यवस्थामा विकेन्द्रीकरणको नीतिलाई अख्तियार गरी केन्द्रको अधिकार स्थानीय जनतालाई समेत दिइएको थियो । त्यस समय ग्राममा ग्रामप्रधानको समूह र ग्रामपाञ्चालीमा ‘पाञ्चालिक’ (पञ्चायतका सदस्यहरू) न्याय प्रशासनका लागि नियुक्त गरेका हुन्थे । ग्रामपाञ्चालीलाई केन्द्रबाट प्रशासनको अधिकार सुम्पिदिएको कारण उनीहरू स्थानीय विवाद समाधान गर्न स्वायत्त हुन्थे ।
मधेश प्रदेशअन्तर्गत पर्ने चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी थपिँदै गएका छन्। पर्यावरण संरक्षणसम्बन्धी काम गर्ने सङ्घसंस्था पोखरी निर्माणमा जुटेपछि चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी थपिँदै गएका हुन्। भूमिगत पानीको सतह घट्दै गएपछि त्यसलाई परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति जनकपुरधाम, सामुदायिक सुधार केन्द्र धनुषा र सामुदायिक विकास तथा पैरवी मञ्च महोत्तरी यस्तो काममा जुटेका छन्। पर्यावरण संरक्षणसम्बन्धी सङ्घसंस्थाले चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गर्दै आएका छन्।
पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलमार्ग स्टेसनमा नेपाल रेलवेको करिब २० बिघा जग्गा वर्षौंदेखि अलपत्र अवस्थामा छ। आयात निर्यात सहजताका लागि तत्कालीन नेपाल रेलवे कम्पनी लिमिटेडले भारत सरकारसँग खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको करिब २० बिघा जग्गा नेपाल रेलवे कम्पनी र नेपाल सरकारको बेवास्ता कारण अलपत्र अवस्थामा पुगेको हो।
व्यावसायिक रूपमा आलु खेती गर्दै आएका सर्लाहीको उत्तर–पश्चिम भेगका किसान यो वर्ष आलुले उचित मूल्य नपाउँदा मारमा परेका छन्। प्रतिकेजी ४० देखि ४५ रुपियाँमा किनेर रोपेको आलु आफूले उत्पादन गरी बेच्ने बेला प्रतिकेजी ११ देखि १२ रुपियाँमा बिक्री गर्नुपर्दा किसान मारमा परेका हुन्। भारतबाट सस्तो मूल्यमा ठूलो परिमाणमा आलु भित्रिएपछि यहाँका किसानले उत्पादन गरेको आलुले मूल्य पाउन नसकेका हुन्।
कुशे गाउँपालिकाका उपाध्यक्षले बालबालिकालाई न्यानो कपडा र जुत्ता वितरण गर्नु भएको छ । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले कुशे ९ को जनता प्राथमिक विद्यालय, जलजला प्राथमिक विद्यालय, र महादेव प्राथमिक विद्यालयका ५३ जना विद्यार्थीलाई न्यानो कपडा र जुता वितरण गर्नु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । अर्थतन्त्र विकासको मुख्य आधारमध्ये पर्यटन क्षेत्र भएकाले निजी क्षेत्रले महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ थियो । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको २५औँ वार्षिकोत्सव समारोहमा उहाँले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटनलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
प्रदेश १ का प्रदेशप्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रदेशको नामकरण टुङ्गो यही कार्यकालमा लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश सभा बैठकलाई पहिलो पटक सम्बोधन गर्दै मङ्गलबार उहाँले नामकरणको विषयमा आमचासो रहेको बताउनुभएको थियो। उहाँले भन्नुभयो, “अत्यधिक जनचासो र जनअपेक्षाको विषय नामकरण रहेको हुँदा उच्च प्राथमिकतामा राख्न यो प्रदेश सभा सक्षम हुने विश्वास व्यक्त गर्दछु।”
प्रदेश १ का चारवटा पालिकाका केन्द्र अझैसम्म पनि यातायातको पहुँचमा छैनन्। सङ्घीय तथा प्रदेश सरकारले देशका सबै स्थानमा यातायातको सुविधा पु-याउने योजनाहरू वर्षैपिच्छे सार्वजनिक गरिरहदा प्रदेश १ मै सडक पहुँचको अभाव देखिएको छ। सडक सञ्जाल विस्तारका योजनाहरू निर्माण त हुन्छन् तर त्यस्ता योजनाहरू दूरदराजका दुर्गम स्थानसम्म पुग्नै नपाउने गरेको पाइन्छ।
रामेछापको पालिकास्तरमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लागूऔषध दुव्र्यसनीविरुद्ध अभियानको थालनी गरेको छ ।