“तेजाबका कारण महिलाहिंसाका घटना हृदयविदारक छन्, उत्पादन गर्दा पनि व्यवस्थितरुपमा गर्नुपर्ने, आयात निर्यात गर्दा सुरक्षित बनाउन यो ऐन जरुरी भएको हो ।’’
भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी हुँदै नेपालको सङ्घीय राजधानी काठमाडौँसम्म सीधा बस सेवा सञ्चालनमा आएको छ । पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहनेगरी उर्वन परीवहन सर्भिस प्रा.लि.ले भारतीय नम्बर प्लेटको सवारी साधनबाट नेपाल–भारत बस सेवा सुरु भएको हो ।
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।
बिहीबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गर्नुभएको हो ।
साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो ।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक जारी छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका चार जना कर्मचारीसहित १३ जनालाई किर्ते तथा ठगी गरेको कसूर ठहर गर्नु भएको हो ।
फल्नु पर्ने समयमा आँपका रुखहरु सुक्न थालेपछि धनुषाका किसान चिन्तित बनेका छन् । केही महिनायता जिल्लाको सयौं हेक्टर जग्गामा लगाइएका आँपका रुख सुकेका छन् ।
चालू आर्थिक वर्ष पूरा हुन अब १० दिन मात्र बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र छ । प्रदेश सरकारले आव २०७८÷७९ को जेठ मसान्तसम्म कुल बजेटको ४५.३३ प्रतिशत बजेट खर्च गरेको थियो ।
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो ।
सप्तरी जिल्ला अदालत राजविराजले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा रामदेव साहका छोराछोरीलाई पुर्वपक्षका लागि कारागार चलान गरेको छ ।
चलचित्र ‘नालापानी’को मोसन पोस्टर रिलिज भएको छ । वीर योद्धा कुँवर र उनका छ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त रूपमा चलचित्रमा देखाइएको निर्देशक रिमेश अधिकारीले बताउनुभयो ।
कुनै समय जिल्लाकै प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान देखिन थालेका छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजार क्षेत्र हिजोआज ओझेलमा पर्दै गएका छन् । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा भने बजार बिस्तार हुने क्रम तीव्र छ । राजमार्ग क्षेत्रबाहेक अन्यत्र उल्लेख्य रूपमा बजार विकास हुन सकेको छैन । जिल्ला सदरमुकाम रहेको मलङ्गवा बजारमै पहिलेको जस्तो खासै चहलपहल छैन ।
चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर मावनबस्तीमा आउन नदिन यस आर्थिक वर्षमा एक हजार १४४ मिटर पर्खाल लगाइएको छ । सङ्घीय सरकारको बजेटमा सिमेन्टको स्थायी प्रकृतिको पर्खाल लगाइएको हो । निकुञ्जबाट हात्ती, गैँडा बाघ, बँदेललगायतका जनावर मानवबस्तीमा आएर क्षति गर्ने भएकाले यस अगाडि काँडेतार लगाएर रोक्ने गरिएको थियो । काँडेतार प्रभावकारी नभएपछि विद्युतीय झड्का दिने तार लगाउने गरिएको थियो । त्यो पनि प्रभावकारी नभएपछि मेस जाली र अब आएर सिमेन्टेड पर्खाल नै लगाउन थालिएको छ ।
स्वच्छ धरान राम्रो धरान बनाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अभियानलाई साथ दिँदै उपमहानगरपालिकालाई स्वदेश तथा विदेशबाट सहयोग आईरहेको छ ।