नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको हो । नयाँ हवाई भाडाअनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि भएको छ ।
भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङले भौगोलिक दृष्टिकोणले फरक मुलुक भए पनि नेपाली जातिको भाषा र संस्कृति एउटै रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “आज हामी जहाँ बसे पनि राष्ट्रियता फरक पर्न सक्छ तर भाषा र संस्कृति हाम्रो सधैँ एउटै रहने छ । एउटै हुनेछ । भाषा र संस्कृतिले नै नेपाली जातिको पहिचानलाई विश्वमा स्थापित गर्नेछ ।”
बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राई विरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएका छन् ।
वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका एमएस वायरमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । आव २०७८/७९ को बजेटमा करको दर बढाइएकाले एमएस वायरमा आधारित उद्योग सञ्चालन समस्यामा परेको भन्दै कोरिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया अगाडि बढाएका हुन् ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको संविधानमा गैर आवाशीय नेपालीलाई दिने भनिएको दोहोरो नागरिकता सम्बन्धी व्यवस्था चाँडोभन्दा चाँडो हल गर्नुपर्छ भन्नुभएको छ । उहाँले यसलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउनुपर्छ भन्नुभयो ।
नेपाल औषधि लिमिटेडले हेमोडायलासिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो युनिटको उद्घाटन गर्नुभयो ।
पाल्पा जिल्लालाई ढाका पोसाक उत्पादनको एकल राजधानी घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । पाल्पा भन्नासाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण यहाँको महìव र पहिचानका लागि ढाकाको राजधानी बनाउनुुपर्ने तानसेन नगरपालिकाका उपमेयर प्रतीक्षा गाहा सिंजालीले माग गर्नुभयो ।
स्पेनिस टेनिस स्टार राफेल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । लन्डनमा बुधबार राति भएको खेलमा नाडालले अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।
भाइबहिनीहरु तिमीहरूले पुराना सामानहरू जस्तै ढिकी, जाँतो, कोल, घट्ट, ओखल, ठेकी, मदानीजस्ता सामान देखेका छौ कि छैनौ । कतिपयले त यस्ता नाम पनि सुनेका छैनौ होला । अहिले तिमीहरू डिपार्टमेन्ट स्टोर या कुनै पसलमा गएर जे जति खाद्यपदार्थ खरिद गर्छौ नि । ती सामान ४०–५० वर्ष अगाडि हाम्रा पूर्वजहरूले घरमै तयार गर्नुहुन्थ्यो ।
राजनीतिक दलले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको गुनासोबीच पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेले हीरादेवी शर्मालाई अध्यक्ष उम्मेदवार बनायो । निर्वाचनमा विजयी शर्माले मोदी गाउँपालिकाको आगामी पाँच वर्षको नेतृत्व सम्हाल्नुभएको छ ।
पहिले पहिले पर्सिया भनेर चिनिने इरान मध्यएसिया, दक्षिण एसिया र मध्यपूर्वका अरब राज्यहरूको चौबाटोमा अवस्थित छ । अत्यन्तै सामरिक ठाउँमा रहेको र पर्सियन खाडीमा पहुँचका कारण इरान इतिहासदेखि नै महत्त्वपूर्ण मुलुकका रूपमा छ । १६ लाख ४८ हजार १०५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो मुलुकको जनसङ्ख्या आठ करोड ५० लाख हाराहारी छ । इरानको राजधानी तेहरान हो । इरानको राष्ट्रिय भाषा फार्सी हो । इरानको मुद्रालाई रियाल भनिन्छ ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागद्वारा आयोजित चारदिने डिजिटल आर्टस् फोटोग्राफी कार्यशाला बुधबार सम्पन्न भएको छ । बुधबार आयोजित कार्यक्रममा कार्यशालामा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।
गुल्मीको मुसिकोट नगरपालिकाले १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उचालेको छ । तीन दिनसम्म सदरमुकाम तम्घासमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, सात रजत र आठ कास्य सहित कुल ३१ पदकसहित मुसिकोट नगरपालिका च्याम्पियन बनेको हो ।
यसपालि चाँडै मनसुन सुरु भए पनि रोपाइँ ढिलो भइरहेको छ । कृषि विभागका अनुसार यो वर्ष हालसम्म मुलुकभर ३०–३५ प्रतिशत मात्रै रोपाइँ भएको छ जबकी गत वर्ष यो बेलासम्म ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको थियो ।