राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गर्नुभभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ।
तिलोत्तमा गोल्डकपको उपाधि जितेको मनाङ मस्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ।
बागमती प्रदेश सरकारले माझी र चेपाङ समुदायको पर्वमा सार्वजनिक बिदा दिने भएको छ ।
कुशल श्रेष्ठको निर्देशनमा तयार भएको ‘यस्तो एउटा संसार’ को भिडियो सार्वजनिक भएको छ।
रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ नेपाल प्रेस डट कमका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ । क्लबको पुरस्कार छनौट समितिको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ।
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सञ्चार क्षेत्र पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनुभएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीमा भोलि बिहीबारदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैछ । नेपाल पत्रकार महासंघले आफ्नो ६८ औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते दुई दिने मिडिया सम्मेलन गर्न लागेको हो ।
सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ।
एभिनर क्यामरुन भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लक्ष्मी चौधरीजनकपुरधाम, चैत १५ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाहमा चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै प्रकारको लापरबाही नगरी सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिनुभएको छ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवामा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गर्नुहुँदै सो निर्देशन दिनुभएको हो।उहाँले अस्पतालको सेवा प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही गरिने चेतावनीसमेत दिनुभयो। मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको दोस्रो पटक आकस्मिक अनुगमन गर्ने क्रममा कार्यरत सम्पूर्ण कर्मचारीलाई चेतावनी दिनुभएको हो।अस्पतालमा गुनासो बढेपछि मुख्यमन्त्री यादवले अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता देखाउँदै अस्पतालको अनुगमन गर्नुभएको थियो ।अनुगमनकै क्रममा मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउन चिकित्सकसहित अस्पतालका अन्य कर्मचारी पनि प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्रीले मंगलबार राति ९ बजे अस्पतालको आकस्मिक कक्षलगायत अन्य कक्षको अनुगमन गर्नुभएको हो।अस्पतालको व्यवस्थापनमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादव हुनुहुन्छ।