खार्पुनाथ गाउँपालिका –४ को छिप्रा बस्तीमा माटोका छाना विस्थापित भएको छ । एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयस्रोत भएका घरधुरीको जस्तापाता छाएको घर निर्माण गरेपछि उक्त गाउँको स्वरूप नै फेरिएको हो ।
वासुशशि स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासुशशिको ८७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासुशशि साहित्य सम्मान’ प्रदान गर्नुभयो । यसैगरी कवि श्यामललाई २५ हजार नगदसहितको ‘वासुशशि साहित्य पुरस्कार’ र ‘वासुशशिका नाटकमा नाट्यतत्व’ शीर्षकमा विद्यावारिधि गर्नुभएका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई २१ हजार नगदसहित ‘वासुशशि शोध पुरस्कार’ प्रदान गरिएको हो ।
तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय बासिन्दालाई वर्षा याममा जोखिम बोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
वर्षभरि किताब पढेँ होमवर्क गरें, नट बनाएँ । नजानेका प्रश्न सोधें दिनैपिच्छे पाठ बुझाएँ ।
आहा कति राम्रो पुतली जहिल्यै उड्छ मेरै वरिपरि घाम होस् वा झरी घुम्छ दिनैभरि ।।
बेनीकी ४९ वर्षीया विष्णु गुरुङलाई यतिखेर एसइई परीक्षाको चिन्ता छ । भोलि (शुक्रबार) देखि सुरु हुने एसइई परीक्षामा राम्रो अङ्क ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ ।
छ भाइ ऋतुको नाम सम्झ शरद्पछि आउँछ हेमन्त । वसन्त ऋतु जब तिमी आउँछौ आँकुरा मुना पालुवा पलाउँछौ ।
नेपाल हो घर मेरो हिमाल हो शिर, देशको सान बढाउने नेपाली हुँ वीर । हेर साथी आकाशमा बादलको घेरा, बादलभित्र झिलिमिली चन्द्रमाको डेरा ।
हाम्रो घरको पाले यो साहै्र राम्रो खाले यो भुक्छ अरू सबैलाई नचिनेको मान्छेलाई ।।१।।
अहमद मसुद एउटा चर्चित तालिबान विरोधी प्रतिरोध समूहका नेताका छोरा हुन् । उनका पिता अहमद साह मसुद पाका कमान्डर थिए । उनलाई ‘पन्जसिरको सिंह’ का रूपमा लिने गरिन्थ्यो । सन् २००१ को सेप्टेम्बर ११ को दुई दिनअघि उनका पितालाई अल कायदाका सदस्यले हत्या गरेका थिए ।
सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाउनुभएको छ। वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाउनुभएको हो। साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो।
प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ। पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ। जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिए पनि विद्यार्थीको सङ्ख्या भने घटेको छ। प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा, प्राविधिक शिक्षाका बारेमा अभिभावकमा भएको अन्योलले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताइन्छ। पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाइ छ।
मामाघर आएको छु । नुहाउन उति मन लागेको छैन । जाडो जो छ । ‘आज त अवश्य नुहाउँछु’ भन्दै हिम्मत जुटाउँछु ।