बागमती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सम्पर्क कार्यालय ललितपुरमा खुल्ने भएको छ । बागमती प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले काठमाडौँ उपत्यकासँगै अरू सहरमा रहेका सहकारी संस्थाको अनुगमन र सेवा प्रवाहका लागि ललितपुरमा सम्पर्क कार्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो । सम्पर्क कार्यालय स्थापनाका लागि मन्त्रालयले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै यस कार्यालयबाट काठमाडौँ उपत्यकासहित रामेछाप, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा र काभ्रेपला
एक जोर औँलाहरू पर्खिरहेका छन् शरणार्थी मानसिकता कटेपछि देशभन्दा पर देशको अनुहार बल्ल अघाउँछ औँलाको पेट
धन्य, अहिलेसम्म मेची, महाकाली, तराईं र हिमाल साक्षी छन् । सगरमाथा र, नागरिकता पनि सद्दे छन् ।
ढासा ढर्र्रा अतिसय बढी चढ्न थाले विकार । के बच्लान् खै ? प्रचलन प्रथा दिव्य संस्कार सार ।। बोझा थप्दै घरघर यहाँ ढोँगको ढोल बज्छ । राम्रा हाम्रा मुनिमत कठै ! खस्छ पाताल खस्छ ।।
चालू आर्थिक वर्षका प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि त्यसअनुसार खर्च गर्न सरकार असफल देखिएको छ । त्यति मात्र होइन, बजेटमा विनियोजित पुँजीगत खर्च विगतको तुलनामा झन् खस्किएको छ ।
सत्य बोल्दैनन् कोही सबै भ्रमको खेती गर्नमै व्यस्त छन् भ्रम रोपिरहेका छन् भ्रम गोडिरहेका छन् भ्रम नै काटिरहेका छन्
सिनेमाघरमा आजबाट नेपाली चलचित्र ‘दोख’, हलिउड चलचित्र थोर : ‘लभ एन्ड थन्डर’ र बलिउड चलचित्र ‘खुदा हाफिज चैप्टर २’ प्रदर्शनमा आएका छन् । सल्ले गाउँका केही नराम्रा मानिसले छिमेकी गाउँका एक केटालाई कुटपिट गरेपछि विवादित जङ्गलमा लामो समयदेखि चलिरहेको झगडा झन् धेरै चर्किन्छ विद्रोह चरम सीमामा पुगेपछि विद्रोही कमान्डरले विवाद फुटबलको खेलबाट समाधान गर्न सुझाव दिन्छन् ।
नवलपुरले बुधबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावको समस्यामा परेका किसानलाई राहत भएको छ । लामो समयदेखिको रासायनिक मल अभावको समस्या नवलपुरमा समाधान हुने कृषि सामग्री कम्पनी पूर्वी नवलपरासीका शाखा प्रबन्धक शोभा न्यौपानेले बताउनुभयो ।
कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को निर्धारित सीमाभित्र रहन सकस महसुस गरेपछि बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकले कर्जा निक्षेपको अनुपातलाई नै संशोधन गर्न सुझाएका छन् । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउने अनुमान गर्दै यस्तो रेसियो ९० बाट ९५ प्रतिशत पु-याउनुपर्ने माग गरेका छन् ।
असार २३ गते बिहीबार बिहान घोराहीमा ‘कानुन कार्यान्वयन सम्बन्धमा राजनीतिक दल, पत्रकार, न्यायिक समिति तथा सरोकारवालाबीच छलफल’ कार्यक्रम राखियो । ब्यानरमा राजनीतिक दललगायतको सहभागिता हुने कार्यक्रम भनिए पनि प्रमुख राजनीतिक दलका प्रतिनिधिको सहभागिता थिएन ।
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कार्यकारी अध्यक्षमाथि छानबिन गर्न‘परे पनि निलम्बन गर्न‘ नपर्ने ठहर गरेको हो । आदेशसँगै अध्यक्ष अधिकारीलाई कार्यकारी अध्यक्षका रूपमा निगममा काम गर्न फर्किने बाटो खुलेको छ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्रमा पुग्न कतिपय स्थानीयलाई दुईवटा जिल्ला पार गर्नुपर्ने बाध्यता छ । अर्बेनीदेखि पुर्तिघाट सडकखण्डको कनौटा सडक अवरुद्ध हुँदा स्थानीयले यस्तो सास्ती भोग्नुपरेको हो ।यही असार १६ गतेदेखि माथिबाट खसेको ठूलो ढुङ्गोका कारण सडक अवरुद्ध भएको छ । गाउँपालिका केन्द्र पुर्तिघाट पुग्न स्याङ्जाको सेतीबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै जानुपर्ने हुन्छ ।
नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी आगामी सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै नेपाल बङ्गलादेश बैङ्कको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले सोमबारदेखि नबिल बैङ्कको कार्यालयका रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैङ्कले जनाएको छ ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ ।
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले सिन्धुली र विराटनगरमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि यी दुई स्थानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।