हाल जिल्लाभर सञ्चालन भइरहेको नेकपा (एमाले) को मिसन ग्रासरुट अभियानमा सक्रिय ज्येष्ठ सङ्गठित सदस्यहरू सम्मानित हुनुभएको छ ।
नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर –१ र चितवन निर्वाचन क्षेत्र नम्बर –२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ।
प्रत्येक वर्षको चैते दशै (रामनवमी) को अवसर पारेर वालिङ –९ को बाह्रबिसेमा ठूलो मेला लाग्ने गर्थ्यो । मेला भर्न र रमाइलो हेर्न जिल्लाभरबाट मात्रै होइन पर्वत, गुल्मी, पाल्पालगायत जिल्लाबाट मानिसहरू आउने गर्थे ।
कोहलपुर नगरपालिका –४ बेलनपुरस्थित वधशालालाई तत्कालका लागि बन्द गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी मन्त्री बन्नु हुनेभएको छ ।
लोकप्रिय गायिका एवम् मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन अभिनीत 'हेरेको तिमीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मकवानपुरका छुट्टाछुट्टै दुर्घटनामा परी सात जना घाइते भएका छन् । मोटरसाइकलले अर्को मोटरसाइकललाई र भीमफेदी कारागारका थुनुवा बोकेको गाडीले एकै स्थानमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनाभएको हो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको फाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले हरायो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगी नागरिकता वितरण गर्दैआएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ का जन्मजात अपाङ्गता रहनुभएका २८ वर्षीय सुरेन्द्र थापालाई उहाँको निवासमै पुगी नागरिकता वितरण गरिएको हो ।
दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।
नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकोप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन थोम्पसनले बिहीबार भेटवार्ता गर्नुभएको छ ।