प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने बताउनुभएको छ ।
कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ ।
बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा आज (बुधबार) यहाँ आउँदै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ ।
विवेकशील साझा पार्टीले मिटरब्याज पीडितका माग शीघ्र सम्बोधन गरी पीडितलाई न्याय दिनसरकारसँग माग गरेको छ ।
मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामीण तथा बजारक्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ ।
कप्तान लियोनेल मेस्सीले ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओमाथि सानदार जित निकालेको छ ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा आज (बुधबार) बाट सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुन्छ ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।
स्पेन युरोकप छनोट खेलमा स्कटल्यान्डसँग स्तब्ध बनेको छ । मङ्गलवार राति भएको खेलमा स्पेन स्कटल्यान्डसँग २-० गोलले पराजित भयो ।
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् ।
जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ ।
न्याय खोज्दै महोत्तरीको बर्दिवासकाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितको आन्दोलनमा मधेश प्रदेश सरकारले ऐक्यबद्धता जनाएको छ ।