मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहसँग दाउरा अभाव हुँदा अन्तिम संस्कारका क्रममा शव जलाउनसमेत समस्या परेको छ। सामुदायिक वनको आन्तरिक विवाद समाधान हुन नसक्दा सामुदायिक वनले पाँच वर्षयता नयाँ कार्ययोजना पेस गरी ढलापडा सुक्खाखडा काठ दाउरा निकाल्न सकेको छैन। जसले गर्दा मृत्युपछि मानिसको अन्तिम संस्कारका लागि दाउरासमेत अभाव भएको हो। सामान्यतया सामुदायिक वन सञ्चालक समितिले हरेक वर्ष साधारण सभाको निर्णयसहित दाउरा र काठको आवश्यकताअनुसार डिभिजन वन कार्यालयसँग कटानको स्वीकृति लिनुपर्छ तर नेपालको तराई क्षेत्रमा रहेका सामुदायिक वनमध्ये सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनको नेतृत्वबीच विवाद हुँदा नयाँ कार्ययोजना पेस गर्न सकिएको छैन।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ चयन हुनुभएको छ । कर्पोरेसनको सञ्चालन समितिको बोर्ड बैठकले अध्यक्ष पदमा उहाँलाई चयन गरेको हो । नवनियुक्त श्रेष्ठ विगत आठ वर्षदेखि कर्पोरेसनको सञ्चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले मोरङ सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्दै आउनुभएको छ ।
पोखराका उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान छिट्टै सुरु गर्न माग गरेका छन् । व्यवसायीको एक टोलीले काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर १५ बुँदे माग राखेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने, बैङ्कको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गर्नुपर्नेलगायतका माग राखेका हुन् । सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटमा पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रैको नबनाउन आग्रह गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गर्नुभएको थियो ।
सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गाउँपालिकाको परिचय, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, गाउँपालिकाभित्रका संस्कृति र संस्कार, घरेलु उद्योग, पशुपन्छी, माछापालन व्यवसायलगायतका नौ विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको जानकारी दिनुभयो। पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतीकरण, सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन विधिलगायतका विषय समावेश गरिएका छन्।
सिन्धुपाल्चोकमा भे्रमाथाङ पहाड सोहोरिएर आएको याङ्ग्री लार्के बाढीपीडितलाई स्थायी आवासका निम्ति जग्गा उपलब्ध गराइने भएको छ। उनीहरूका लागि जग्गा उपलब्ध गराउन खरिद सम्झौता गरिएको छ। २०७८ असार १ गते भेम्राथाङ पहाड सोहोरिएर आएपछि पाँचपोखरी थाङपाल गाउँपालिका याङग्री खोलाको बाढीले १७९ घरपरिवार जोखिममा परेका थिए। उक्त परिवारमध्ये उच्च जोखिममा रहेका ११ दलित परिवारलाई स्थायी आवासका लागि जग्गा खरिद सम्झौता भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले जानकारी दिनुभयो। उक्त बाढीबाट प्रभावित भएका मध्ये हालसम्म २२ परिवारलाई घर बनाउन जग्गा खरिद गरिसकिएको उहाँले बताउनुभयो। तीम
१. सन् २०२३ अप्रिल ४ मा विश्व बैङ्कद्वारा सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट ः फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भाएरन्मेन्ट’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? ४.१ प्रतिशत – विश्व बैङ्कले आयात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति, कम राजस्व सङ्कलन एवं खुम्चँदो सरकारी खर्चका कारण यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने जनाएको । आर्थिक वर्ष सन्
सङ्घीय संरचनामा वित्तीय प्रतिवेदन प्रणाली १. सरकारी वित्तीय प्रतिवेदन प्रणाली भन्नाले के बुझिन्छ ? नेपालको सङ्घीय संरचनामा वित्तीय प्रतिवेदन प्रणालीलाई कसरी व्यवस्थित गरिएको छ ? जानकारी प्रस्तुत गर्नुहोस् । सङ्घीय एकाइ वा अन्य कुनै सरकारी निकायले प्राप्ति र भुक्तानी विवरणलगायतका वित्तीय विवरण तयार गरी स्रोत परिचालनको यथार्थ अवस्था तोकिएको निकाय वा सरोकारवालासमक्ष प्रस्तुत गर्ने कार्यप्रणालीलाई सरकारी वित्तीय प्रतिवेदन प्रणाली भनिन्छ । यो सरकारी लेखा प्रणालीको अभिन्न भाग हो । यसले सरकारी निकायको वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न मद्दत गर्छ । सरकारले गर्ने महìवपूर्ण वित्तीय निर्णयका लागि सूचना स्रोतका रूपमा समेत यसले योगदान पु¥याउँछ । नेपालको सङ्घीय संरचनामा वित्तीय
नेपाली चलचित्र ‘प्रसाद २’ सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि चलचित्र सार्वजनिक गर्ने बाटो खुलेको हो। केशव पाण्डेले चलचित्रको प्रदर्शनी गर्न रिट दायर गर्नुभएको थियो।
कोभिड–१९ को महामारीपछि बाँकेको नेपालगञ्जका चलचित्र भवनमा पुगेर चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्दो छ। नेपालगञ्जस्थित बागेश्वरी क्युएफएक्स चलचित्र भवनमा ४० दिनदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ यो वर्ष बाँके जिल्लामा सबैभन्दा धेरै हेरिएको र धेरै व्यापार गर्ने चलचित्र बन्न पुगेको छ।
ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष–२०८० को पूर्वसन्ध्यामा ‘न्यु इयर इभ’ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीलाई ध्यानमा राखेर ठमेलको पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो । उहाँले महोत्सवमार्फत ठमेल विदेशी पर्यटकमा निर्भर रहेको भ्रम चिर्दै आन्तरिक पर्यटकको आवागमन बढाउन, बस्न र घुम्नका लागि ठमेल जानुपर्छ भनेर पारिवारिक वातावरण सिर्जना गर्ने जानकारी दिनुभयो । चैत ३० गते साँझ सुरु हुने महोत्सव नयाँ वर्षलाई स्वागत गरेर वैशाख १ गते राति १२ बजे सकिनेछ । सडक महोत्सव नगरीकन आमसर्वसाधारणलाई ठमेल लैजान नसकिने भनाइ उहाँको छ । अध्यक्ष शर्माले सडक महोत्सवमा आधुनिक साङ्गीतिक कार्यक्रमदेखि सांस्कृतिक साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिने बताउनुभयो ।
झन्डै दुई महिनादेखि सिलबन्दी गरिएका म्याद गुज्रेका बियर कम्पनीका गोदाम अहिलेसम्म खुुल्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त बियर कम्पनीको अनुसन्धान गरिरहेकै बेलामा विभागका महानिर्देशक महेश भट्टराईको सरुवा भएका कारण रोकिएका गोदाम अहिलेसम्म खुुल्न नसकेका हुन् । विभागको अनुगमन टोलीले विभिन्न सात ब्रान्डका बियर कम्पनीका गोदामको अनुगमनका क्रममा म्याद गुज्रेका बियर भेटिएपछि गोदाममा सिलबन्दी गरिएको थियो । विभागका निर्देशक होमनाथ भट्टराईले विभागमा मङ्गलबार नयाँ महानिर्देशकका रूपमा गजेन्द्रकुमार ठाकुर आउनु भएकाले सिलबन्दी भएका बियर नष्ट
घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ । ११ वटा पोखरीमा माछापालन गरी उहाँ वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गर्ने गर्नुहुन्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्षबाहेक बाँकी सबै पदका लागि बुधबार निर्वाचन हुँदै छ । महासङ्घको विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष बन्दै हुनुहुन्छ । यसबाहेक बाँकी पदमा निर्वाचन हुन लागेको हो । भविष्यको अध्यक्षसमेत हुने भएकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा त्रिपक्षीय उम्मेदवारी परेको छ । त्यसका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सङ्घाईले उम्मेदवारी दिनुभएको छ । तीनै जनाले आफ्नो समूह बनाएर निर्वाचनमा उम्मेदवारी दिनुभएको हो । महासङ्घको निर्वाचनमा जिल्ला, वस्तुगत र एसोसिएट गरेर तीनवटा अध्यक्ष रहने व्यवस्था छ । त्यसका
साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । रासायनिक मलको हाहाकार भइरहेको बेला साखः ग्रुपले किसानका लागि सो मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी सो मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्पादन हुन्छ । उत्पादन सुरु भएदेखियता पाँच सय मेट्रिक टन बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।
जङ्गली हात्ती हिँड्ने बाटोमा बस्ती बसाएपछि सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा सधँै हात्तीको त्रासमा बस्न बाध्य भएका छन्। हात्तीले प्रयोग गर्दै आएको बाटोमा बस्ती विकास र खेती जमिनको प्रयोग हुँदा कमलाखुँज क्षेत्रका बासिन्दा मानवीय क्षतिदेखि भौतिक संरचना र अन्नबालीको नोक्सानीसमेत सहन बाध्य भएका छन्। डिभिजन वन कार्यालयका अनुसार कमलाखुँज क्षेत्रमा पर्ने दुधौली नगरपालिकाका १४ वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११ का बासिन्दा सधैँ त्रसित छन्। कमलामाई नगरपालिकाका वडा नं. ९, १३ र १४ का बासिन्दा बर्सेनि जङ्गली हात्तीको त्रासमा बस्न बाध्य छन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जमा मौसमी स्थानान्तरण हुने (जाने/आउने) क्रममा हात्तीको समूह वर्षको दुई÷तीन पटक त्यस क्षेत्रमा आउँछन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जसम्म फैलिएको चुरे जङ्गलको