काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्र्याक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ ।
धनुषालगायत वरपरका जिल्लामा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । छाला चिलाउने, दाद, एलर्जी र फोकोफुन्सीलगायत छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
स्कुटरसहित सेती लोकमार्गको कालिमाटी खण्डमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । साँफेबगर नगरपालिका–१ वैद्यनाथ निवासी अन्दाजी ५० वर्षीय गणेशनाथ योगी मृत अवस्थामा बुधबार बिहान फेला पर्नुभएको हो ।
मङ्गलबार राति ११ बजे बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरू घर फर्किँदै थिए ।
मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालन भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी देखिएको छ । गर्भवती महिलाहरूको गाउँमै पुगेर अल्ट्रासाउण्ड गर्दा गर्भमा रहेको बच्चाको अवस्था थाहा हुने भएकाले जोखिम कम भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।
१. हात्ती दिउँला भन्नेसित बोको मागी हेर्नु । २. हीराको मोल कीराले जान्दैन । ३. हरिप बन्नुभन्दा गरिब हुनु बेस । ४. जस्तो खाना त्यस्तै दिमाग, जस्तो दिमाग त्यस्तै पहिचान । ५. लाटो खान्छ एक बल्ट्याङ, बाठो खान्छ तीन बल्ट्याङ ।
१. कम्मर कसी काम गर्ने हाम्री घरकी नानी जति पछि हुँदै गयो उति हुन्छिन सानी के होला ? २ . दिनभरि कुन्नी कता मस्तसँग सुत्छ रात पर्दा बत्ती बाल्दै गाउँगाउँ डुल्छ के होला ? ३. घुम्ने मेरो काम हो सधैँभरि घुम्छु
आज हामी भन्टाङ भुन्टुङ सबै साना साना हामी पनि बन्छौँ भोलि हाम्रै घरको छाना ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले टेक्ससको अस्टिन सहरमा आइतबार अन्तरक्रिया सम्पन्न गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।
आठ महिना पहिले गाउँमाथिबाट आएको पहिराले चर्किएका घरमा लिपपोतसमेत गरिएको छैन । पहिराको त्रासले पीडित परिवारमा चर्केका घरमा बस्ने मनस्थिति नै छैन । छाडेर जाउँ अन्यत्र कतै ठाउँ छैन ।