अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दी गाउँका मगर समुदायका महिलाहरु आफ्नो मौलिक संस्कृति झल्किने भेषभूषाको संरक्षणमा जुटेका छन् ।
शिवालय गाउँपालिकाको केन्द्रमा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ। सङ्घीय शासन प्रणाली लागू भएपछि गाउँपालिकामा १० शøया नगरपालिकामा १५ शय्याको अस्पताल हुनुपर्ने अवधारणा ल्याएपछि अस्पताल भवन निर्माण कार्यको सुरु गरिएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार गठन भएको दुई महिना पुगे पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन। उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्ट नै माघ २७ गते तीन सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो। विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने उहाँको भनाइ थियो तर गठबन्धन दलबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा दुई महिनासम्म मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। प्रदेशमा छवटा मन्त्रालय रहेका छन्। जसमध्ये नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले एक–एक मन्त्रालय लिइसकेका छन्। अब चार मन्त्रालय बाँकी रहेको अवस्थामा दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) र चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले दुई/दुई वटा मन्त्रालयसहित राज्यमन्त्री र समितिको सभापति दाबी गरिरहेका छन्।
हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।
सुदूरपश्चिम प्रदेशमा एक लाख ७१ हजार बाल श्रमिक रहेका पाइएको छ। श्रमिक बालबालिकाको उमेर पाँचदेखि १७ वर्ष रहेको छ। केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय बाल श्रम प्रतिवेदन, २०२१ अनुसार पाँचदेखि १३ वर्ष उमेर समूहका एक लाख ५३ र १४ देखि १७ वर्ष उमेर समूहका १८ हजार बाल श्रमिक छन्। राष्ट्रिय बाल अधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार सुदूरपश्चिम प्रदेशमा जोखिमपूर्ण काममा संलग्न बाल श्रमिकको सङ्ख्या ११ हजार छ। यो सङ्ख्या अरू प्रदेशको भन्दा कम हो।
नेपालगञ्ज उपमहानगरपालिका –२ स्थित प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माण गर्न लागिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेपछि टेन्डर आह्वान भई काम सुरु भएको छ। जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ। मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको छ। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ।
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुटवल–नारायणगढ सडकखण्डको काममा भइरहेको ढिलाइले जनतालाई परेको समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ। बुटवल–नारायणगढ सडक विस्तारको काम २०७८ साउन २२ सम्म सकिसक्नुपर्ने भए पनि एक वर्षको म्याद थपिँदासमेत कामले अझै गति लिन सकेको छैन। सरकारका मन्त्रीहरूले बारम्बार यो सडकको निरीक्षण गर्दै ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउने सिलसिलामा गृहमन्त्री श्रेष्ठले सडकको कामको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशन दिनुभएको हो। उहाँले सरकारका तर्फबाट भएका समस्याको गाँठो फुकाउन सरकार तयार रहेको बताउँदै यो राष्ट्रिय गौरवको आयोजना सम्पन्न नहुनु दुःखको कुरा हो भन्नुभयो। अब पनि आलटाल गरेमा परिणाम राम्रो नआउने उहाँको भनाइ थियो।
गाउँमा आएका पाहुनाको स्वागत गर्ने प्रचलन आ–आफ्नो ठाउँअनुसार फरक फरक हुन्छ । कतिपय गाउँमा पाहुनाको स्वागत गर्ने प्रचलन नै छैन ।
बैङ्कहरूले वैशाख १ गतेदेखि नयाँ ब्याजदर लागु गर्ने छन् । यसले बैङ्क तथा वित्तीय संस्थाबाट लिइने ऋणको ब्याजले थला पा-यो भन्ने व्यवसायीको गुनासोको सम्बोधन आरम्भ हुनेछ । अघिल्ला वर्षदेखि तरलता अभावसँगै कोभिड महामारीले गलाएको आर्थिक क्षेत्र बिस्तारै बौरिन लाग्दा बाह्य क्षेत्रको दबाबमा प¥यो । गत वर्ष रुसले युक्रेनमाथि गरेको हमलापछि इन्धनको भाउले आकाश छोयो । नेपाली अर्थव्यवस्थासमेत प्रतिकूल प्रभावबाट जोगिएन । लगानीका लागि लिइएको ऋणको ब्याजदरले आहत पारेको व्यवसायीको गुनासो जायजै छ । उनीहरूको गुनासो नेपाल राष्ट्र बैङ्क एवं सरकारसामु पटक पटक पुगेको हो नै । व्यवसायीका छाता सङ्गठनले ब्याजदर
मङ्गलबार राति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।
ताप्लेजुङमा सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तक आइपुगेको छ । जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मकै सबै पाठ्य पुस्तक आइसकेको जनाएको हो ।
खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि अभियान थालेको छ ।