प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून, बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, सङ्क्रमणकालीन न्याय, महिला योगदानको दस्ताबेजीकरण, मलखाद र सिँचाइलगायत समसामयिक मुद्दाले प्रवेश पाएको छ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आधुनिकरणबाट संवृद्धि हासिल हुने बताउनुभएको छ ।
वैशाख महिनादेखि बैङ्कको ब्याजदर घट्ने बैंकर्स सङ्घको निर्णयसँगै नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। पछिल्लो समय निरन्तर रूपमा उच्च अङ्कले गिरावट आइरहेको नेप्से परिसूचक बुधबार ९२.२२ अङ्क बढेर १९६३.५५ बिन्दुमा पुगेको छ।
नेपाल चलचित्र कलाकार सङ्घले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताउनुभएको छ ।
भरतपुर २३ जगतपुरमा रहेको होटल टाइगर ल्याण्डमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान अन्दाजी ११ बजेको समयमा सो आगलागी भएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
बालविवाह न्यूनीकरण गर्नका लागि पञ्च वर्षीय कार्ययोजना तयार पारिएको छ । गाउँ गाउँमा बालविवाह बढेपछि त्यसको रोकथाम र न्यूनीकरण गर्नका लागि गाउँपालिकाको पहलमा रणनीति र कार्ययोजना तयार पारिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ ।
बस व्यवसायी प्रालि.ले मृतकको उपचारमा लागेको खर्च बेहोर्ने र मृतकका पत्नीलाई जागिर दिने सहमति भएपछि पाँचौँ दिनबाट यातायात सेवा सञ्चालनमा आएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ ।
नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद् उठेको छ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ।
सिएम (चन्द्रमान) कन्दङ्वा स्मृति कोषले बुधबार मोरङको पथरी शनिश्चरेमा तीन जना स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।