• १३ असोज २०८१, आइतबार

प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा सुरु

blog

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, चैत २९ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ। 

धनगढीमा बुधबार सुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि प्रदेश सरकारले ध्यान दिने बताउँदै खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताउनुभयो। 

प्रतियोगितामा बागमतीका १२, सशस्त्र प्रहरीका १०, कोशी १७, गण्डकी १४ र सुदूरपश्चिमका १८ गरेर ७१ जना खेलाडीको सहभागिता रहेको छ। २० वर्षमुनिको खेल इपी र खुला गरेर खेलाइन थालिएको छ। 

सङ्घका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ सङ्घका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिनुभएको थियो।