राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ ।
आगामी वैशाख ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा ८ र ९ मा मह दिवस मनाइने भएको छ । यहाँ रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।
रुपन्देहीका ३४ र नवलपरासी पश्चिमका ८ गरी ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका हुन् ।
नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्यसमिति रौतहटको सभापतिमा विजय कुमार सिंह निर्वाचित हुनुभएको छ ।
भारतमा कोभिड सङ्क्रमण बढेपछि पूर्वी नाका पशुपतिनगरमा कोभिड परीक्षणमा कडाइ गरिएको छ । नेपाल–भारत सीमा नाकामा रहेको पशुपतिनगरमा हेल्थ डेक्ससमेत राखिएको हो ।
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ ।
दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । बुधवार तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयका लागि अवरुद्ध भएको हो ।
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हाे ।
म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।
सप्तरीको चार पालिकामा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने छ घर जलेर नष्ट भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका, रुपनी गाउँपालिका, महादेव गाउँपालिका र शम्भुनाथ नगरपालिकामा आगलागी भएको हो ।