• १३ असोज २०८१, आइतबार

कोभिड बढेपछि पूर्वी नाकामा कडाइ

blog

पूर्वीनाका इलामको पशुपतिनगरमा कोभिड परिक्षणका लागि राखिएको हेल्थ डेक्स ।

कोकिला ढकाल 

इलाम, चैत २९ गते । भारतमा कोभिड सङ्क्रमण बढेपछि पूर्वी नाका पशुपतिनगरमा कोभिड परीक्षणमा कडाइ गरिएको छ । नेपाल–भारत सीमा नाकामा रहेको पशुपतिनगरमा हेल्थ डेक्ससमेत राखिएको हो । विषेशगरी दक्षिण भारतबाट नेपाल भित्रने नागरिकहरूको एन्टिजेन र मलेरिया परीक्षण गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । 

"भारतको नजिकका अर्थात्, मिरिक, सुकिलालगायतका स्थानहरूबाट आउनेभन्दा दक्षिण भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छौँ", कार्यालयका सूचना अधिकारी विमल बरालले भन्नुभयो, "अहिले सम्ममा एक सय ३० जनाको परीक्षणमा एक जनामा मात्रै कोभिड सङ्क्रमण भएको देखियो । उहाँलाई सुरक्षित सात प्रहरीले घर पठाएको छ ।"

बरालका अनुसार इलाममा पर्ने छब्बिसे, मानेभञ्ज्याङ, कालपोखरी लगायतका नाकाहरू खुल्ला रहे पनि ती नाकामा पनि अनुगमन कडा गरिएको छ ।