• १३ असोज २०८१, आइतबार

पथरी शनिश्चरेमा तीन स्रष्टा सम्मानित

blog

हरि काेइराला

मोरङ, चैत २९ गते । सिएम (चन्द्रमान) कन्दङ्वा स्मृति कोषले बुधबार मोरङको पथरी शनिश्चरेमा तीन जना स्रष्टालाई नगदसहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा सम्मानबाट वरिष्ठ समालोचक, अन्वेषक, अनुवादक प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित हुनुभयो । 

भट्टराईलाई एक लाख एक हजार नगदसहित ताम्रपत्र प्रदान गरिएको हो । यस्तै सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मानबाट सङ्गीतकार एवम् गायक अनिल फागोलाई ५१ हजार नगदसहित ताम्रपत्रले सम्मान गरिएको छ । 

यस्तै, सुशीला कन्दङ्वा पत्रकारिता पुरस्कारबाट पथरीका पत्रकार अर्जुन जम्नेली राई सम्मानित हुनुभयो । राईलाई ११ रुपियाँ नगदसहित सम्मान गरिएको छ । 

कार्यक्रममा बोल्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले स्रष्टाहरूको सम्मानले मात्रै नयाँ पुस्ताका साहित्यकारहरूमा ऊर्जा प्राप्त हुने बताउनुभयो । उहाँले सिएम कन्दङ्वाको सम्झनामा राज्य स्तरबाट एक अक्षर खर्च नगरेको बताउँदै अब साना सहर र गाउँमा रहेका स्रष्टाहरूको पनि राज्यले खर्च गर्नुपर्नेमा जोडदिनुभयो ।

कोषका अध्यक्ष डाक्टर रामनारायण कन्दङ्वाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न स्रष्टाले कविता वाचन गर्नुभएको थियो । मोरङको पथरीशनिश्चरे १ स्थित एभरेष्ट अङ्ग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले यसअघि लोक गायक लक्ष्मी जोशीलाई सम्मान गरेको थियो ।