• १३ साउन २०८१, आइतबार

सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

blog

सिन्धुली, चैत २९ गते । मङ्गलबार राति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ः३० बजे भारतीय नम्बर प्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष  हुन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरू तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिनुभयो ।

राजमार्गको भीर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भीरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उहाँले भन्नुभयो ।

शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन । रासस