• १३ साउन २०८१, आइतबार

उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि मतदान सुरु

blog

नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु । तस्बिर : उद्योग वाणिज्य महासंघ

काठमाडौं, चैत २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।

महासङ्घको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । जसकारण अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान भएको हो ।

महासङ्घको विधानतः हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासङ्घको अध्यक्ष बन्नु हुनेछ ।