• २२ वैशाख २०८१, शनिबार

केही नेपाली उखानहरू :

blog

१. हात्ती दिउँला भन्नेसित बोको मागी हेर्नु ।

२. हीराको मोल कीराले जान्दैन ।

३. हरिप बन्नुभन्दा गरिब हुनु बेस ।

४. जस्तो खाना त्यस्तै दिमाग, जस्तो दिमाग त्यस्तै पहिचान ।

५. लाटो खान्छ एक बल्ट्याङ, बाठो खान्छ तीन बल्ट्याङ ।

६. रिस खा आपूm, बुद्धि खा अरू ।

७. मान्छेअनुसारको कुरा, कपालअनुसारको छुरा ।

८. मौका आउँछ पर्खिंदैन, बगेको खोलो फर्किंदैन ।

९. बहुला कुकुरलाई पूmलबारीको डेरा ।

१०. बाटाबाटै हिँडे काँडाले पनि कोर्दैन ।

११. पैसा जति धामीलाई, व्यथा जति हामीलाई । 

१२. नानीदेखि लागेको बानी सितीमिती जाँदैन । 

१३. नौ दिन नहेरे नौलो, बीस दिन नहेरे बिस्र्यो ।

१४. नदिए इष्ट बाङ्गो, दिए आफू नाङ्गो ।

१५. देखाउने खसी, पकाउने फर्सी ।

१६. दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले ।

१७. जो लाउँछ चुक्ली, उही जान्छ फुक्ली । 

१८. जहाँ फल पाक्छ, त्यहीँ चरी नाच्छ ।

१९. घिउ न तेल, पका बूढी सेल ।

२०. खान्न खान्न लोकाचार, खान लाग्यो मानाचार । 

२१. कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि ।

२२. एक पैसाको ल्वाङ छैन, दस पैसाको स्वाङ ।

सङ्कलन : देवराज सिम्खडा