जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु राउतले जित्नुभएको छ ।
डिभिजन वन कार्यालय सप्तरी अन्तर्गत रहेको विभिन्न सब-डिभिजन वन कार्यालयले चोरी निकासीको क्रममा बरामद गरेका काठ समयमै व्यवस्थापन गर्न नसक्दा कुहिन थालेको छ । जिल्लाका विभिन्न सब-डिभिजन वन कार्यालयमा घाट गद्दी गरेर राखिएका अधिकांश काठ कुहिएर माटोमा परिणत भइरहेको छ ।
सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार ९०५ दशमलव ६८ को विन्दुमा पुगेको हो ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ४९६ मत ल्याउनुभएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभई नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं. २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुभएको छ ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । वि.सं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमलव आठ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल बुद्धिचालम हासंघले बुद्धिचालमा च्याम्पियनद्वय रुपेश जैसवाल र सुजना लोहनीलाई मासिक १० हजार रुपियाँ तलब भत्ता उपलब्ध गराउने भएको छ ।
फिल्म 'काँडेतार'लाई प्रदर्शनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही संवाद र दृश्यले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै प्रदर्शनमा रोक लगाएको हो ।
लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर काठमाडौं उपत्यकाको अधिकांश पुराना सहरका गल्ली–गल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ ।
सिंगापुरलाई हराउँदै कुवेतले एसीसी प्रिमियर कपमा सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
सुनकोशी गाउँपालिका ओखलढुङ्गाले करिब ३२ लाख खर्च गरेर ब्याडमिन्टन कभर्ड हल बनाएको छ । सुनकोशी गाउँपालिका –५ मुलखर्कमा गाउँपालिकाले ३१ लाख ८२ हजार ७ सय ५ रुपियाँ बजेट खर्च गरेर कभर्ड हल बनाएको हो ।
बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् ।