नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पुराना पुस्तकालयहरूको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । मङ्गलबाार दिउँसोबाट सुरु भएको बैठकमा बोल्नुहुँदै सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।
काठमाडौं महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मङ्गलबार महानगरले काठमाडौंको भ्यूटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो ।
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिनुभएको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।
धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १३ हजार मत कटाउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले सडकमा अव्यवस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा सङ्घसंस्थालाई १५ दिनको समय दिएको छ ।
चितवनको उपनिर्वाचनमा पुराना स्थापित पार्टीका उम्मेदवारहरु जमानत जफत हुनबाट जोगिएका छन ।
भेट भएको बखत एक दिन एक जना दिदीले भन्नुभएको थियो, “भाइ घर जाने बेलामा एक पटक जसरी भए पनि भेटेर जानु होला है !” उपत्यकाका निस्ता गल्ली चहारेर काँचा सपनामा उड्दै बाँकटे हानेको पनि निकै दिन भइसकेको थियो । धोबीको गधाजस्तै घरको न घाटको भएर हिँडिरहेको थिएँ । उठ् जोगी फड्कार छाला जहाँ जाला त्यहीँ खालाको नियति शिरोधार्य गर्दै हिँडेको थिएँ । घटनाको दारुण शृङ्खलाले हल्लाउनुभन्दा पनि भएका जाहान, केटाकेटीहरूलाई स्कुलको चिसो छिँडीमा थामथाम थुमथुम पार्दै अलपत्र छोडेर हिँडेको दंशले भने मन नराम्रोसँग दर्फ¥याइरहेको थियो ।
पल्लो कोठामा हर्कमान कसैसँग फोनमा कुरा गर्दै थिए । यताको कोठामा रोशन भाजुमानसँग कुरा गर्दै थियो । “ हजुरबुबा, आजभोलि बाबालाई धेरै नै ब्यस्त देख्छु । के काम परेको छ ? गुठीको मान्छे पनि आएको जस्तो लाग्छ ।
कुरो सन् १९८५ को अगस्टतिरको हो । त्योबेला म ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर पढ्न बेलायत पुगेको थिएँ । त्यहाँ आठहप्ते अङ्ग्रेजी भाषा पढेर मेन कोर्समा पठाउने व्यवस्था रहेछ । एक त मजस्तो नेपालको पूर्वी दुर्गम जिल्ला भोजपुरको पनि दुर्गम गाउँ कुलुङमा जन्मेको मान्छे । दैनिक बिहान डेढ दुई घण्टा उकालो र बेलुका झन्डै त्यत्तिकै समय ओरालो हिँडेर सामान्य सरकारी स्कुलमा पढेको मान्छे ।
शारदा नगरपालिका सल्यानले विद्यार्थी भर्ना अभियान उत्साहका साथ सञ्चालन गरिरहेको छ। ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नारासाथ वैशाख–३ गतेदेखि पालिकाभरका विद्यालयमा एकैसाथ विद्यार्थी भर्ना अभियान सुरु गरिएको हो। वैशाख–३ देखि १६ गतेसम्म भर्ना अभियानकै रूपमा सञ्चालन गरिने पालिकाका शिक्षा शाखा प्रमुख सङ्गीता बुढाले बताउनुभयो।