• २३ पुस २०८१, मङ्गलबार

बाँकेका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग

blog

सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी । फाइल तस्बिर

काठमाडौं, वैशाख १२ गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । मङ्गलबाार दिउँसोबाट सुरु भएको बैठकमा बोल्नुहुँदै सांसद सूर्यप्रसाद ढकालले बाँकेस्थित नरैनापुर गाउँपालिकाका अग्नि पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।

सांसद ढकालले सो गाउँपालिकामा आगलागीबाट १२ घर, गोठ, अन्न, लत्ताकपडा, भाँडाकुँडा र चौपाया जलेर नष्ट हुँदा करिब २५ लाखभन्दा बढिको क्षति भएको उल्लेख गर्नुहुँदै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो ।

सांसद ढकालले भन्नुभयो, ‘‘यही वैशाख ८ गते बाँके क्षेत्र नम्बर १ नरैनापुर गाउँपालिकामा १२ वटा घर, गोठ, अन्न, लत्ताकपडा, भाँडाकुँडा र पशुचौपाय जलेर पूर्ण रूपमा नष्ट भएको छ । २५ लाखभन्दा बढिको क्षति भएको छ । छिटोभन्दा छिटो यी अग्नि पीडितहरूलाई राहत उपलब्ध गराउन सभामुखमार्फत नेपाल सरकारसँग माग गर्दछु ।’’

यही वैशाख ८ गते सो गाउँपालिकामा आगलागी भएको थियो । अहिलेसम्म पनि राहत नपाएपछि पीडितहरू खुला आकाशमा बस्न बाध्य भएको बताइएको छ ।