• १३ साउन २०८१, आइतबार

एमाले र कांग्रेसका उम्मेदवारले दिए रविलाई बधाई

blog

एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले विजयी रवि लामिछानेलाई खादा ओढाएर बधाई दिनुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, वैशाख १२ गते । 
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिनुभएको छ ।

विजयी भए लगत्तै एमालेका रामप्रसाद न्यौपानेले खादा ओढाएर बधाई दिनुभएको छ । उहाँले निर्वाचनमा हार जित हुन्छ अब यस क्षेत्रको मतदाता जनताको भावनालाई बुझेर काम गर्न सक्नुहोस् भनी बधाई दिनुभएको हो ।

यसैगरी, कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले लामिछानेलाई बधाई दिनु भएको छ । उहाँले मलाई जनताले पत्याएनन् अब यस क्षेत्रको जिम्मा तपाईँलाई भनी बधाई दिनु भएको हो  । आगामी दिनमा जनताको मन जित्ने गरी सेवा गर्ने छु भनी श्रेष्ठले प्रतिबद्धता गर्नु भएको छ ।

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ नवनिर्वाचित रवि लामिछानेसँगै अभिवादन गर्नुहुँदै ।