तोकिएको समयसीमाभित्र तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने बिमा कम्पनीहरूका लागि समय थपिएको छ । अधिकांश बिमा कम्पनीहरूले तोकिएबमोजिमको चुक्ता पुँँजी पुर्याउन नसक्दा नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको हो ।
बागमती प्रदेश सभामा उपनिर्वाचनको मतपरिणामबारे चर्चा भएको छ। प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा उपनिर्वाचनको मतपरिणामबाट परम्परागत दल सच्चिनुपर्ने आवाज उठेको हो। उपनिर्वाचनको नतिजाले पुरानै तौरतरिका र प्रवृत्तिबाट अगाडि बढ्न नसक्ने भन्दै प्रदेश सभाका सदस्यले सच्चिन ध्यानाकर्षण गराएका हुन्। प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले प्रदेश सरकारलाई समृद्धिको योजना ल्याउन र नियमित काममा मात्र सीमित नहुन भन्दै परिणाममुखी योजना ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “उपनिर्वाचनको मतपरिणामले पनि ठूला दलप्रति निराशा देखाएको छ। परिवर्तन संस्थागत गर्न पनि जनताको जीवनमा रूपान्तरण हुने गरी काम गर्नुपर्छ।”
धादिङको कमेरेपाखा सामुदायिक वनको मुख्य प्रवेश मार्गमा एउटा सूचना बोर्ड राखिएको छ। बोर्डमा सामुदायिक वन क्षेत्रभित्र रुखबिरुवा काटेमा र चरिचरन गरेमा कारबाही हुने लेखिएको छ। यो सूचना बोर्ड २०७२ को वातावरण दिवसका अवसरमा तत्कालीन जिल्ला वन कार्यालय धादिङले राखेको हो।
नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी पारित गरेको हो । यसअघि बोतल र ड्रिङ्किङ वाटरको गुणस्तर मापदण्ड तयार भए पनि मिनरल वाटरको गुणस्तर निर्धारण र सोसम्बन्धी गुणस्तर मापदण्ड पारित भएको थिएन ।
भूकम्पलगायतका प्राकृतिक विपत् व्यवस्थापन गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सकस परेको छ। पहिले भएका पुनर्निर्माण पनि जनमैत्री नभएको गुनासो बढेको छ। २०७२ साल वैशाख १२ गतेको भूकम्पको स्मरणमा प्राधिकरणले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्राधिकरण र सरोकारवाला निकायका उच्च अधिकारीले विपत् व्यवस्थापन मार्ग सहज नरहेकोप्रति आत्मालोचना गर्नुभयो।
सरकारले काठमाडौँ, तराई, मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनामा जग्गा प्राप्तिसम्बन्धी विषय यथाशीघ्र समाधान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको बैठकले जग्गा प्राप्तिको विषयलाई चाँडै निष्कर्षमा पु-याउने निर्णय गरेको हो । बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सहजीकरण समितिले काम अघि बढाइरहेको र यो विषय चाँडै टुङ्गिने बताउनुभयो।
सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन ।
सरकारले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरेको छ। अहिले हरेक पाँच/पाँच वर्षमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने अवधि १० वर्ष बनाउने गृहकार्य सुरु गरिएको जानकारी दिनुभयो। मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “हामीले पाँच वर्षमा गरिँदै आएको ड्राइभिङ लाइसेन्स नवीकरण अवधिलाई बढाएर १० वर्ष बनाउनेतर्फ काम गरिरहेका छौँ। यो व्यवस्था कार्यान्वयन गर्दा अहिले यातायात कार्यालयमा देखिएका समस्या थोरै भए पनि समाधान हुने र नागरिकलाई पनि सजिलो हुने अपेक्षा गरिएको छ।”
बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी हुनुभएको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२ हजार ५५२ मत ल्याउनुभएको छ।
उपेन्द्र यादवले २२ हजार ९६ मत ल्याउनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मतका साथ पछ्याइ रहनु भएको छ। मतान्तर दुई हजार ८१७ रहेको छ।
लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलवार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको उल्लेख छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।
कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
रुस भ्रमणमा गएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको आठ सदस्यीय टोली नेपाल फर्किएको छ।
मिथिला क्षेत्रका स्थानीय समुदायको हित तथा आर्थिक विकासमा केन्द्रित मिथिला परिपथ मेयर सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ । सम्मेलनमा जनकपुरधाम वरिपरिका मिथिला क्षेत्रअन्तर्गत पर्ने नगरपालिका र गाउँपालिका गरी १२ वटा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायत बृहत्तर जनकपुरक्षेत्र विकास परिषद् र प्रदेश सरकारका मन्त्रालयका सरोकारवाला र नीति निर्माताका साथै नेपाल शहरी उत्थानशीलता परियोजनाका प्रतिनिधिहरुको सहभागिता थियो ।