रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालनमा आएको छ । गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । रसुवा घुम्न आउने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ ।
म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिना दर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु भएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा निर्माण हुँदै गरेको नगर औद्योगिक ग्राम अलपत्र परेको छ । सङ्घीय सरकारको अनुदानबाट नगरपालिकाको वडा –९ वर्दहवामा निर्माण हुँदै गरेको औद्योगिक ग्राम चार वर्षदेखि अलपत्र परेको हो ।
घामको प्रचण्ड राप र तातो हावा बहने क्रम सुरु भएसँगै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । गर्मीयाममा खानेपानीको स्रोतका मुहान सुक्दै र गहिरिँदै गएपछि बर्दिबास नगरपालिकासहित उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
बुटवल उपमहानगरपालिका –१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कनु हुन्छ । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उहाँलाई आजभोलि केही असहज भएको बताउनुहुन्छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो ।
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।
बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी कायम गर्ने सीमा असार मसान्तसम्म पुर्याएको हो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाः बहाल पुर्याइएको छ । रथलाई पुलचोकबाट तानेर मङ्गलबार गाः बहाल पुर्याइएको हो ।
हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।
बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि मनाङवासी लेकतर्फ लागेका छन् । आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि उनीहरू यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन् ।
बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन् । अधिकांश स्थानीय सरकारले वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरेपनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।