धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्न कोकाहा खोलाको पानी ल्याउन जनता आफै श्रमदानमा उत्रेका छन् । सुख्खा याममा धरानमा पानीको हाहाकार हुनेगर्छ । पानीका समस्याले सर्बसाधारणलाई सास्ती खेप्नुपर्ने समस्या नयाँ होइन । गत स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएका हर्कराज राईको मुख्य एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेको थियो ।
नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। सीमा निरीक्षणका क्रममा ओलीले दशगजा क्षेत्र मिचेर वर्षौंदेखि सुरक्षा पोष्ट राखिएको प्रमाणित भएको बताउनुभयो।
झापाको कमल गाउँपालिका –३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भइको छ ।
काठमाडौंको बबरमहलबाट मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ ओटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नागरिकता विधेयक किन नल्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद रञ्जुकुमारी झाले भन्नुभयो, “सरकारले अन्य विधेयक ल्याउँदै गर्दा नागरिकता विधेयक किन ल्याउँदैन ?”
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सीसी क्यामेराको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ ।
झापामा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गर्नुभएको छ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपियाँका नोट छपाइ रोक्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको उपचारमा आरक्षण कोटा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
फिल्म ‘क्रस रोड्स-कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ ।
साविक विजेता मच्छिन्द्र क्लब र थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीका रोकिएका छन् ।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमणको मृत्यु भएको छ।