आज (बिहीबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनललाई उपाधिकै दौडमा रहेको म्यानचेस्टर सिटीको नमिठो झट्का लागेको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना रायो भालेकानोसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा २-१ गोलले स्तब्ध बन्यो ।
कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कर्णालीका सुर्खेत बाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
तुलनात्मक जनसङ्ख्या हेर्दा धेरै युवाशक्ति रहेका मुलुकमध्ये अग्रपङ्क्तिमा रहेकाले नेपालसमक्ष यसबाट हुन सक्ने आर्थिक लाभका अवसर प्रशस्त छन् । सन् २०२६ सम्म विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने र सन्
एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्। यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ। यस उपकरणको सहयोगमा टाढा रहेका व्यक्तिले एकआपसमा चुम्बन गर्न सक्नेछन्। उपकरण निर्माताका अनुसार टाढा रहेका मानिसले यस ग्याजेटको मद्दतबाट वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।
प्रिय, तिमी रिसाएको? मैले पूर्ववाचाहरु पुरा गरिनँ भनेर तिमी रिसाएको ?
गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।
ठिट्यौले उमेरमा प्रेमिकाको खोजीमा ए दूरका सितारा मेरो चाँदनी कहाँ छ ? भन्दै गीत लेख्न थाल्ने किरण खरेलको पछिल्लो सङ्ग्रह ए दूरका सितारा–२०७९ प्रकाशमा आउँदा उहाँको उमेरले ८५ टेकिसकेको छ ।
नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क व्यवस्था हुने व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा शिक्षालाई निःशुल्क गरे पनि विद्यार्थीसँग भने विभिन्न बहानामा शुल्क उठाउने गरेका छन्। निःशुल्क शिक्षा नारामै सीमित हुने गरेको छ। विद्यालयले विद्यार्थी भर्नाकै क्रममा पैसा लिने गरेका छन्। विद्यार्थी भर्ना अभियानसँगै पठनपाठन सुरु गरेका कतिपय सामुदायिक विद्यालयले भर्ना अभियान सञ्चालन भइरहँदा शुल्क नतिर्दासम्म विद्यार्थी भर्ना लिने गरेका छैनन्।
विद्यालय भर्ना अभियान सफल पार्न दोलखाको भीमेश्वर नगरपालिका –४ जिलु स्थितको सर्व माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि समेतका लागि घरघरमा आमा, विद्यालय शिक्षामा आमा मुख्य नाराका साथ एक दिवसीय आमा शिक्षा कार्यक्रम गर्न लागेको छ ।
पाल्पाका अधिकांश पालिकाका केन्द्रसम्म पुग्ने पहुँच मार्ग निर्माणमा ढिलाइ भइरहेको छ। राजमार्ग तथा सहायक राजमार्गदेखि पालिकाको केन्द्रसम्म जोड्न पहुँच मार्ग बनाउन आवश्यक बजेट अभावमा काममा ढिलाइ भएको हो। पाल्पाका १० पालिकामध्ये पाँच पालिकाका केन्द्रसम्म पुग्ने स्तरीय मार्ग (कालोपत्रे) बनेको छैन। निस्दी, पूर्वखोला, रम्भा, माथागढी र तिनाउ गाउँपालिकाको केन्द्रसम्म पुग्न पहुँच मार्ग बनाउनुपर्ने आवश्यकता छ।
बाँके राष्ट्रिय निकुञ्जमा गर्मीको मौसममा खहरे खोलाहरू सुक्ने गरेकाले वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेको छ। गर्मीमा निकुञ्जभित्र आवश्यकभन्दा निकै कम पानी हुने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन सोलार बोरिङसहित पोखरीहरू निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो। उहाँले निकुञ्ज क्षेत्रभित्र रहेका ४५ वटा खहरे खोला गर्मीको बेला सुक्ने भएकाले पानीका लागि वन्यजन्तु यताउता भौँतारिने गरेको देखेर १० वटा सोलारजडित पोखरी निर्माण गरिएको बताउनुभयो।